०९ साउन २०८३, शनिबार

कालो धन सेतो बनाउन असहयोग गर्दा गभर्नरमाथि सरकारको आक्रमण : एमाले महासचिव

कालो धन सेतो बनाउन असहयोग गर्दा गभर्नरमाथि सरकारको आक्रमण : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् । 

नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा पोखरेलले कालो धनलाई सेतो बनाउन नदिएको कारण बैंकिङ प्रणालीबाट पैसा हराउन थालेको पनि बताए ।

उनले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’

पोखरेलले एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको बताए ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको हो भन्दै गभर्नरको आलोचना भइरहेको छ ।

अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेलाई प्रोत्साहन गर्नु भएको पोखरेलको भनाई छ । ‘जबकी पार्टीले भनिसकेको छ गभर्नर विभागको सदस्य होइनन्, गभर्नर आफैंले पनि भनिसक्नुभएको छ म विभागको सदस्य होइन, यो विषयमा बहस असान्दिर्भक छ’ उनले भने, ‘एमालेका विभागमा कति सदस्य छन् भन्नेमा कसैको मतलब छैन ।’

salt training

कमेन्ट गर्नुहोस्