२३ जेठ २०८३, शनिबार

विदेश भ्रमणमा जाने नेपालीले विमानस्थलमै २ सय डलर साट्न पाउने

विदेश भ्रमणमा जाने नेपालीले विमानस्थलमै २ सय डलर साट्न पाउने

विदेश भ्रमणमा जाने नेपालीले अब विमानस्थलमै २ सय डलरसम्म साट्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधवार एक निर्देशन जारी गर्दै विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनि चेन्जरमार्फत विदेश भ्रमणमा जाने नेपालीलाई उक्त रकमको सटही सुविधा दिएको हो । 

यो सुविधापछि अब विमानस्थलमै विदेश भ्रमणमा जाने नेपालीले राहदानीकै आधारमा २ सय डलरसम्म साट्न पाउने भएका छन् ।

यस अघि यस्तो व्यवस्था नहुँदा बैंकमै गएर डलर साट्नुपर्ने बाध्यता थियो भने विमानस्थलभित्रको मनि एक्सचेन्जले सामान्य पकेट खर्चको लागि मात्रै डलर साटिदिने गरेको थियो ।

नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा मनिचेञ्चर कम्पनीहरूका लागि जारी गरिएको इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गरेको यो सुविधा दिएको हो । 

नेपाल राष्ट्र बैंकबाट भने विदेश जाने नेपालीले १५ सय डलरसम्मको साट्न पाउने  सुविधा छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाले अब विदेश जाने नेपालीलाई थप सहज हुने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्