३० जेठ २०८३, शनिबार

पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र माइक्रो गाडी एकआपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको माइक्रो गाडी इच्छाकामना गाउँपालिका–३ मा एकआपसमा ठोक्किएका हुन् ।

दुवै सवारीसाधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने माइक्रोका चालक घाइते भएका छन् ।

घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए । घटना बिहीवार साँझ ५ः२० बजे भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्