
कालीकोटमा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् ।
पलाँता गाउँपालिका–७ फागोटी बस्ने ४० वर्षीय धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो ।
थिर्पुबाट घर फर्किने क्रममा बिहीवार दिउँसो टिपघाट खोला तर्न लाग्दा उनी बगेका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पुर्याएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले बताए ।