
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । बिहीबार आएको राष्ट्रपति निर्वाचनको मतपरिणामअनुसार उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।
उनले विजयसँगै ट्वीटरमार्फत देउवाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने देउवाले विश्वास व्यक्त गरेका छन् ।