०४ असार २०८३, बिहीबार

कोदालो प्रहार गरी भतिजाद्वारा काकाको हत्या

कोदालो प्रहार गरी भतिजाद्वारा काकाको हत्या

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए । रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्