२२ जेठ २०८३, शुक्रबार

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेको छ । बिहीवार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० थियो ।  

त्यस्तै शुक्रवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्