
मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान साढे ६ बजे भारतीय नम्बरप्लेट भएको कन्टेनरले को ३० प ९१०३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ मोरङका २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि विराट मेडिकल कलेज गंगाचोक लगिएकोमा अस्पताल पुर्याउना साथ दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।