×

सन्दर्भ : बीपी स्मृति दिवस

विश्वेश्वरप्रसाद कोइराला : राजनीतिक व्यक्तित्व जत्तिकै प्रभावशाली र मूर्धन्य साहित्यकार

साउन ६, २०७९

साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्ने साहित्यकार विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनैतिक यात्रा र अभीष्टबाट साहित्यमा बिल्कुल असंलग्न छन् । उनको साहित्यिक, वैचारिक र राजनीतिक व्यक्तित्व सबैभन्दा शीर्षस्थमा छ । एकसाथ धेरै व्यक्तित्व भएका व्यक्तिका लागि एउटा व्यक्तित्वले अर्को व्यक्तित्वप्रति सामान्यतः अन्याय गर्छ, अतिक्रमण गर्छ । बीपीप्रति पनि त्यो भएको छ । बीपीलाई मूर्धन्य साहित्यकारभन्दा राजनैतिक आन्दोलकका रूपमा चिन्ने समाज ठूलो छ । यथार्थमा प्रजातान्त्रिक समाजवादका प्रवर्तक, राजनैतिक अभियन्ता र मनोवादी साहित्यका प्रतिष्ठाताको समान तीन व्यक्तित्व उनीभित्र समाहित छ । स्वय‌ं बीपीले तीनै व्यक्तित्वलाई समान रूपमा न्याय गरिरहेका छन् । साहित्यमा राजनीति मिसएको छैन, राजनीतिमा साहित्यिक स्वेरकल्पना र अराजकता कत्ति पनि छैन, वैचारिक अभियानमा दुवैभन्दा अलग तेस्रो व्यक्तित्व देखिन्छ । तीनै व्यक्तित्व सगरमाथा जत्तिकै गगनचुम्बी भएर पनि प्रशान्त महासगर झैँ सौम्य छन् । महान व्यक्तिहरू आफ्ना अलग व्यक्तित्वहरूप्रति सावधानीसाथ स्वव्यवस्थापन गर्दछन् । 

Laxmi Bank

साहित्यकार बीपी कोइराला तीनघुम्ती (२०२५), सुम्निमा (२०२७), नरेन्द्र दाइ (२०२७), मोदिआइन (२०३६) हिटलर र यहुदी (२०४२), बाबु, आमा र छोरा (२०४५) गरी ६ उपन्यास, दोषी चस्मा (२००६) स्वेतभैरवी (२०४४), विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) गरी तीन कथा संग्रह, विश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) एक कवितासङ्ग्रह, र आफ्नो कथा (२०४०), जेलजर्नल (२०५४) र विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त (२०५५) गरी तीन संस्मरण समेत १३ कृति पुस्तकका रूपमा र केही फुटकर सिर्जना प्रकाशित छन् । केही कृतिहरू उनको निधनपछि प्रकाशित भएका हुन् । 


Advertisment

बीपीका सिर्जनाले नेपाली साहित्यलाई विशिष्ट पहिचान र बेग्लै स्वाद दिएका छन् । साहित्यमा बीपीले मन पराएको विधा आख्यान हो तर अन्य विधामा पनि उनी उम्दा छन् । आख्यानमा बीपी अस्तित्ववादलाई प्रयोग गरिरहेका छन् । तीनघुम्ती उपन्यासमा नारीका तीन पहिचान प्रेमिका, पत्नी र आमाको अस्तित्वको खोजी छ । सुम्निमामा भिन्न संस्कार र संस्कृति भएका सोमदत्त र पुलोमाको संघर्ष, संयम र समन्वयको शालीन अस्तियात्रा छ । नरेन्द्र दाइमा पत्नी र प्रेमिकाको सम्बन्धमा उद्वेलित संयमतामार्फत अस्तित्वको खोजी छ । हिटरल र यहुदी युद्ध र मानवस्वको द्वन्द्व हो । मोदिआइनको शिक्षा पनि युद्ध होइन, शान्ति स्थापनामार्फत मानव समाजको पुननिर्माण हो, तर पौराणिक सयमको नारी मनोदशा चित्रलाई पनि उदिनिएको छ, जसले भौतिक युद्धभन्दा नारी मनोदशाको संघर्ष कैयनगुणा खतरानक छ भन्ने सत्य बाहिर ल्याएको छ ।


Advertisment

बाबु, आमा र छोरा पात्रीय मनोद्वन्द्वको बेमिसाल प्रस्तुति हो । दोषी चस्मा र स्वेतभैरवीका कथाहरू औपन्यासिक वृत्तिमा देखिने प्रवृत्तिमा नै छन् । सबै कृतिहरूले, कृतिका चरित्रहरूले अस्तित्वको मनोद्वन्द्व गरिरहेका छन् । अर्थात् मनोवैज्ञानिक रूपमा अस्तित्वको खोजी गर्नु बीपीको आख्यानवृत्ति हो । मानिसभित्रका दमित इच्छा, नसुनिएका स्वर र मनोद्वेगको स्वतन्त्र आत्मनिर्णयको प्रकाशन बीपीको कथा कर्म हो । वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलका शब्दमा सरल, संक्षिप्त, सुगठित, सुव्यवस्थित र अन्वितिमूलक संरचनामा आबद्ध गरी कथा लेख्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शिल्पगत वैशिष्ट्य हो । ​

जेलजर्नल, आफ्नो कथा र आत्मवृतान्त भने बीपीका दृष्टिकोण र दैनिकीका सरल अभिव्यक्ति हुन् । उनका जीवन दृष्टि, समाज चिन्तन र दृष्टिकोणहरू यसखाले कृतिमा पाइन्छन् । यी संस्मरणहरूमा अन्तर अनुभूति छन्, तर कसैप्रति आग्रह, ईष्र्याभाव, दुखेसो र कुण्ठा कत्ति पनि छैन । दैनिकी सामान्य छ, तर त्यसका माध्यमबाट चिन्तन र जीवन दर्शन दिन भने भुल्दैनन् । पछिल्ला समय नेपाली समाजमा आत्मवृतान्त लेख्ने प्रचलन निकै बढेको छ । आत्मकथा लेख्नेहरू आत्मरतिमा रमाएका छन् । बीपीका संस्मरण लेखहरू कत्ति पनि आत्मरति राख्दैनन्, आफूलाई स्थापना गर्न खोज्दैनन् । यी आत्मवृतान्तहरूले आत्मस्थापना खोज्ने र आफैँलाई बढाइचढाइ गर्ने वैयक्तिक कुण्ठाबाट व्यक्ति अलग हुनुपर्छ भने सन्देश दिएको छ । आत्मसंस्मरण जस्ता ननफिक्सनमा हुनुपर्ने वैशिष्ट्य नै यही हो । 

कतिपयले बीपीलाई साहित्यमा अराजकतावादी पनि भन्ने गरेका छन्, बीपी स्वयं पनि त्यसो भन्न पछि परेका छैनन् । तर धेरै समीक्षक र साहित्य विश्लेषकका अर्थमा बीपी मनभित्रका उहापोह, चेत/अवचेत तहका उदबुदी र मेलानकोलीलाई स्वच्छन्द र स्वाभाविकरूपमा उठाउने गर्दछन् । त्यसैले बीपीको साहित्य मनोभावबाट सिर्जित छन्, मन उदात्त हँुदा अराजक जस्तो देखिए पनि ती कलाका स्वयं मर्यादित प्रस्तुति हुन् । बीपीका अर्थमा साहित्य सभ्यताको प्रतीक हो । सभ्यताले स्वायत्तता र मानव‘स्व’ को प्रकाशन गर्दछ, जो आफैँ मर्यादित हुन्छ ।  

विश्वमा बीपीजस्ता थोरै व्यक्तित्व छन्, जसले साहित्य साधना र राजनैतिक आन्दोलनलाई साथसाथै अपनाए र दुवैतिर शिखरमा पुगे । तर राजनीतिकभन्दा साहित्यिक व्यक्तित्वको उचाइ अग्लो भएका निकै थोरै व्यक्तित्वमा बीपी पर्दछन् । सेनेगलका पूर्व प्रधानमन्त्री लियोपोल्ड सेड्गर, आयरल्यान्डका पूर्व राष्ट्रपति माइकल हिगिन्स, चिलीका पूर्व राष्ट्रपति रिकार्डो इ एस आर वासोल्टो (साहित्यिक नम पाब्लो नेरुदा, जसले १९७१ को नोवेल साहित्य पुरस्कार पाए), जर्ज गोर्डन वाइरन (लर्ड बाइरन), भिक्टर ह्यूगो, पोलिस पूर्व राष्ट्रपति लेक वालेसा (नोवेल पुरस्कार विजेता) विन्स्टल चर्चिल, बाराक ओबामाहरू साहित्य र राजनीतिमा साथसाथ उदीयमान थिए । यीमध्ये बेन्जामिन डिजरेली (बेलायतका प्रधनमन्त्री) वाक्लाभ हाभेल (चेक राष्ट्रपति), विन्स्टल चर्चिल (बेलायतका प्रधानमन्त्री), थियोडोर रुजवेल्ट र बाराक ओबामा (अमेरिकी राष्ट्रपति), वाक्लाभ हाभेल (चेक राष्ट्रपति), पाब्लो नेरुदाहरू आफ्ना समयका चर्चित साहित्यकार थिए । तर अधिकांशहरू राजनैतिक उचाइ वृद्धिसँगै साहित्य छायाँमा परेको देखिन्छ । विश्वेश्वरप्रसाद कोइराला भने राजनीति र साहित्यमा एकै गति र प्रगतिमा छन्, सक्रिय राजनीतिले साहित्य सिर्जनालाई कत्ति पनि असर गरेको देखिँदैन ।  

केही साहित्यकार राजनेता बीपी जस्तै आख्यान विधामा छन्, जसमा अमेरिकी राष्ट्रपति बील क्लीन्टन, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, बेलायती विधायक जेफ्री आर्चर, बेलायती राजनीतिज्ञ माइकल डोव्स, भारतीय राजनीतिज्ञ शशी थरुर, नर्वेका मन्त्री अन्ने हल्ट, अमेरिकी राष्ट्रपति जिम्मी कार्टर राजनीतिक यात्राका साथ आख्यान, विशेषतः उपन्यासमा स्थापित छन् । यीमध्ये अधिकांश सक्रिय राजनीतिबाट बिदा भएपछि आख्यान लेखनमा सक्रिय थिए । तर बीपी कोइराला राजनीतिमा सक्रिय नुहँदा पनि साहित्यमा थिए । यीमध्ये धेरैजसो साहित्यकार अनुभवलाई साहित्यिक रूप दिइरहका छन् तर बीपी साहित्यमा नितान्त पृथक धारबाट स्थापित छन्, उनका आख्यानका पात्रहरू सामान्य जीवनबाट उठाइएका छन् । 

अर्को विशेषता के पनि भिन्न छ भने निकै थोरै राजनेताले मात्र बन्दी र निर्वासनमा साहित्य लेखन गरेका छन्, त्यसमा बीपीको नाम अग्रपङ्क्तिमा आउँछ । राजनेताका साहित्यले समाज उठाएर आर्थिक, सामाजिक दर्शन निर्माण गर्ने अति थोरैमा बीपी पर्दछन् । उनले स्थापना गर्न खोजेको एसियाली समाजवाद (प्रजातान्त्रिक समाजवाद) को आर्थिक सामाजिक दर्शन उनको साहित्यभित्र पाइने अस्तित्वको यात्रा हो, जसलाई मिहिन ढङ्गले साहित्य परिगेलन गर्दामात्र थाहा पाउन सकिन्छ । वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमका शब्दमा ‘बीपी नेपाली समाजका निर्माता थिए’ । साहित्य समाज निर्माणको शिल्प हो । 

बीपी साहित्य सिर्जनालाई राजनीतिक वाद, विचार र दर्शनबाट नितान्त अलग राख्ने साधक हुन् । उनी भन्ने गर्थे, ‘म राजनीतिको मत साहित्यमा राख्न बिल्कुलै रुचाउँदिन । राजनीतिको घेरा साँघुरो छ । नियमबद्धतामा बाँच्छ र साहित्य बिराट शाश्वतमा । राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला छ । बीपीको यो विचार आस्था र विचारमा विभाजित साहित्य र सिद्धान्त र आदर्शमा स्खलित हुँदै गएको राजनीति दुवैतर्फ छुट्टै सन्देश दिइरहेको छ ।  

साहित्यलाई अन्तरप्रेरणाले उन्मुक्ति दिएको भन्ने स्रष्टा बीपी आफूलाई ‘साहित्यमा अराजकतावादी’ घोषित गर्दछन् । यसको तात्पर्य भावनात्मक स्वच्छन्दता, स्वेरकल्पना र चेत अवचेतमा बाँचेको मानिसको सोलोडोलो, जस्ताको त्यस्तै प्रस्तुति साहित्यले गर्छ भन्ने हो । आफँैभित्र दबिएको, मनभित्रै मरिचिएको र स्वर–शब्दमा खिस्सिएर भित्रभित्रै जलिएको मानिस अस्तित्व खोज्न सक्दैन, ‘स्व’ स्थापना गर्न सक्दैन । साहित्य, कलाले त स्वस्थापनाका लागि उदात्त पोखिनु पर्छ, आफैँभित्र संघर्ष गर्नुपर्छ, मनभित्र विद्रोह गर्नुपर्छ । तीनघुम्ती, मोदिआइन, हिट्लर र यहुदी लगायत सबै आख्यानमा उनको आफूप्रतिको भनाइ स्वयं प्रस्ट छ । उनका सिर्जनाका पात्रहरूमा सुख, दुःख, सम्भ्रान्तता, अभाव जेजस्ता परिस्थिति भएपनि समान मानसिकवृत्ति रहन्छ र सबै पात्रहरू त्यो मनोपरिहलबाट उदात्त हुन चाहन्छन् । भनौं, मानव अस्मिताको खोजीमा छन् । वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल सहमत हुँदा उनका पात्रहरू इद, इगो, सुपरइगो तथा चेतना, अवचेतन/अद्र्धचेतन र अचेतनबीचमा द्वन्द्वको सिर्जना गर्दछन् । 

‘लक्ष्मीप्रसाद देवकोटा अभावमा पनि रसरंग देख्ने, गरीबमा पनि धनीपन देख्ने सर्वव्यापी भावनामा हुनुहुन्थ्यो । देवकोटाको संवेदनशीलता व्यापक छ,’ भन्ने स्रष्टा विश्वेश्वरप्रसाद कोइराला ती भनाइमा आफै निथ्रुक्क छन् । साहित्य अनुरागी र गवेषकहरू यही कुरा ठम्याउन पुग्छन् कि बीपीले पात्र (मानव)प्रति कत्ति पनि अन्याय गरेका छैनन्, आफूलाई, आफ्नो मनो ‘स्व’लाई कत्ति पनि अन्याय गरेका छैनन् । समाज, मानिस र मन टिप्न नसक्ने पनि सर्जक हुन्छ र ? आयामेलीहरूले आयामको पुनव्र्याख्या गर्थे भने शायद यो समग्र आयमलाई पक्कै छुटाएका हुँदैन थिए । बीपीको देवकोटाप्रतिको अभिव्यक्ति रविन्द्रनाथ टैगोरको अल्बर्ट आइस्न्टाइनप्रति र आइन्स्टाइनले टैगोरप्रति गरेको सम्मान जस्तो महान छ, युभल नोह हरारीले जुकरवर्गप्रति गरेको सम्मानजस्तै उच्च छ । आखिर महानहरू आफूभन्दा अरूलाई महान देख्ने गर्छन् । 

सुन्दरीजेल जेलमा होस्, निर्वासनमा वा स्वनिर्वासनमा होस्, प्रवास वा स्ववासमा नजरबन्दमा होस्, बीपी एकछत्र सर्जक बनेका छन् । साहित्यमा निर्वासन, स्थानहद नियन्त्रण, नजरबन्द र जेलका भोगाइहरू देखिएका छैनन्, साहित्य राजनीतिक आग्रहमा असंलग्न छ । उनका सिर्जनामा देखिने मानवीय संवेदनशीलता, मनमजेरीमा बाँचेको मानिसका अनुभूति र अस्तित्वको अनन्तः स्वाधीन यात्राले यही कुराको पुष्टि गर्छ । साहित्य प्रस्तुतिको भाषा व्याकरणमा बाँधिएमा मनभित्रको मानिस देखिन, पोखिन सक्दैन । ‘किनकी कला साहित्य मानिसको अन्तरप्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो । कला सुरक्षा चाँहदैन, स्वतन्त्रता चाहन्छ । उसलाई हिँडिसकेको बाटोमा खुट्टा चलाउन मन लाग्दैन, आफूले हिँड्ने बाटो आफैँ बनाउन चाहन्छ । भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई अँगाल्छ ।’ यस दृष्टिकोणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्तै महान आख्यानकार विश्वेश्वर कोइराला नेपाली साहित्य निहारिकामा विस्तृत र उदात्त छन् । फरक यत्ति कि देवाकोटा कविता–निबन्धमा बयेलिन्छन्, कोइराला आख्यानमा स्वच्छन्द छन् । विधावृत्तिमा फरक भएपनि दुवैका लेखनीमा पाइने मनोभावको स्वच्छन्द उदात्तीकरणमा समानता छ । दुवैमा आ–आफूले मन पराएका विधामा वयेलाइ छ, रमाइ छ, चुमाइ छ र अनन्त उद्वेलन छ । दुःखमा पनि दुःखबोध होइन, दुःखीसुखको अनुभूति छ, खुशीमा क्षितिज छेडिएको छ । र, एउटा वृहत मानवता उतारिएको छ । त्यसैले यी दुई महापात्र बनेका छन्, एकआपसमा तुलनीय छन् । 

कला साहित्य स्वच्छन्द तर आफैँ मर्यादित हुन्छ । कला साहित्यमाथि समाज, सरकार, संस्कार वा स्वयं स्रष्टाले छेकबार लगाउन सक्दैन । छेकबार लाग्थ्यो त ग्रिन्स वर्ग संसार भुलेर सिर्जना कसरी गर्नसक्थे, लियो सायरा र रोज्सो सेरेस युवा ढुक्ढुकी किन हुन्थे ? लक्ष्मीप्रसाद देवकोटाकी मुना सबै पाठककी आफ्नी किन बन्थिन् ? उनीहरूले जे लेखे, गाए, बोले मनदेखि गरे, त्यसैलाई साहित्यिक अराजकता भनिएको हो । बीपीका पात्रहरू मनभित्रै प्रतिस्पर्धा गर्छन्, तर त्यो ‘पोइटिक रिभेन्ज’ वा कलात्मक आक्रमणले कसैलाई दुःख दिदैन । त्यसैले त्यो अराजकता बज्र्य होइन, स्वीकार्य छ । बीपीका आख्यानमा पाइने फ्रायडीय मनोवादले आफैँ मर्यादाको सीमा कोर्छ । मनभित्र उद्वेलित छ तर ती मानवीय भावना हुन् । कथाका पात्रहरू चारित्रिक कार्यमा नैतिक सीमा र आदर्शमा बाँचेका छन् । त्यसैले बीपीले भन्ने गरेका थिए– साहित्यले आफनो मर्यादा आफैँ सिर्जना गर्दछ । र, उनका कथा उनकै भनाइका प्रयोगमूल्यमा छन् । उनका कथा उपन्यासले वौश्विक (युनिभर्सल) मान्छेको प्रस्तुति गर्छ । होला, त्यो नेपाली भाषी, सपना पनि नेपालीमा देख्ला, नेपालका पाखापखेरा, गाउँबेसी र कुनाकन्दरा चाहार्ला तर उसको सोचवृत्ति, मनोउद्वुदी र कार्यव्यापार युनिभर्सल छ, मानवीयताको चिन्तन युनिभर्सल छ । मानव उच्छवासहरू यसरी नै युनिभर्सल हुन्छन् । त्यसलै उनका पात्रहरू साँघुरिदैनन्, धेरैपरसम्म विस्तारिन्छन् । लाग्छ, उनका पात्र उनकै दृष्टिकोणलाई पात्रकर्ममा उदात्त प्रतिनिधित्व गरिरहेका छन् । 

भनिएला, आख्यान साहित्यमा बीपीलाई कुन मूल्यमा राख्ने त ? कालजयी सर्जक एउटै पात्रबाट धेरै मूल्यमहत्ता दिने गर्छ । झन् बीपी त समाजसिल्पी पनि भए । आचार्य नरेन्द्र देवको दर्शन र महात्मागान्धीको आर्दशको प्रभाव, निजत्व अनुभूतिको बहाव र समाज विनिर्माणको दर्शनशिल्प भएको व्यक्तिलाई उनकै भाषामा व्याख्या–बोध गर्ने भाषा पनि अपर्याप्त हुनसक्छ । जेहोस्, सामान्य रूपमा भन्दा बीपीका आख्यानमा अस्तित्वको अविरल यात्रा छ । चन्द्रबदना, तीनघुम्ती, मोदिआइन, मधेशतिर र अरू सबै सिर्जनामा पात्रहरू मानवीय अस्तित्वको प्रखर खोजी छ । त्यो अस्तित्वको यात्राभित्र पहिचानको खोजी छ, यौनको खोजी छ, अध्यात्म छ, आत्मिक चेत छ, मर्यादा छ, अझ यीभन्दा माथि मानवता छ । यी सबै हुनु मानवीय हुनु हो । मानवीय मूल्यको खोजी गर्नु हो ।

आखिर मानव चेतनाले खोज्ने अस्तित्व नै हो । त्यसैले बीपीले मानवता वा अस्तित्व खोजेका छन् । त्यो चेतना अवचेतन तहमा पनि थिग्रिएको छ । चेत तहमा पोखिएको छ, कतै गुम्सिन्छ, कतै उछालिन्छ । तर नियति र परिधानले पात्रहरू खुम्चिदैनन् । चेतनामा फैलिन चाहन्छन् । पात्र कार्यले लाग्छ बीपीको मानवीय चेत सर्वकालिक छ । उनी बाँचेको समयभन्दा कता हो कता परको दृष्टिचेत र समय ठम्याइ छ । बीपीका पात्रमा पाइने नारीचेत मात्र हेरौं न, शताब्दीऔंका लैङ्गिक तहसोपानलाई गर्ल्यामगुर्लुम्म ढालेर समतावादी मानकको बिगुल फुकिएको छ । निजत्वको चेत हेरौं न, कति मीठोगरी आस्वाद लिन खोजिएको छ । महान् सर्जकहरू यसरी नै कालजयी दृष्टिकोणको सरल सामर्थ्य राख्दछन् । (@mainaligopi) 

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x