२६ जेठ २०८३, मंगलबार

चीनले बनायो दुश्मनले पत्ता लगाउनै नसक्ने पनडुब्बी, अमेरिका सतर्क

साउन ६, २०७९
चीनले बनायो दुश्मनले पत्ता लगाउनै नसक्ने पनडुब्बी, अमेरिका सतर्क

चीनले प्रशान्त महासागरमा तैनाथ गर्ने गरी गोप्य पनडुब्बी निर्माण गर्नका लागि प्रयास गरिरहेको छ । 

चिनियाँ अनुसन्धाताहरूले काम गरिरहेको टोर्पिडोले अमेरिकी जलसेनाको जहाजलाई निशाना बनाउन सक्छ । यो टोर्पिडो सामुद्रिक बम हो जसले पानीभित्र शत्रुको पनडुब्बीलाई केही सेकेन्डभित्र ध्वस्त पार्न सक्छ । 

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख भएअनुसार, चीनको सबभन्दा ठूलो जलसैन्य ठेकेदारले जारी गरेको पत्रको उल्लेख छ । त्यसका अनुसार, चिनियाँ अनुसन्धाताहरूले डिस्पोजेबल न्युक्लीयर रियाक्टरका रूपमा उपयोग गर्न सकिने पनडुब्बी बनाइरहेका छन् । 

यो ३५ माइल प्रतिघन्टाको गतिमा कुद्छ र २०० घन्टासम्म समुद्रमा बस्न सक्छ । 

टोर्पिडोलाई ब्याट्रले चार्ज गर्न मिल्छ र पुनः आक्रमणका लागि तयार पार्न मिल्छ । अनुसन्धाताहरूको टोलीले निशानामा सटीक प्रहार गराउन यसलाई विकसित गरिरहेका छन् ।

रुसको पोसाइडन टोर्पिडो पनि आणविक क्षमताको भएकाले त्यससँग तुलना स्वाभाविक छ । त्यसले पनि कुनै चेतावनी विना नै शत्रुमाथि आक्रमण गर्न सक्छ । 

त्यसले तारोलाई पूरै ध्वस्त पार्ने मात्र नभई आक्रमण गरिएको ठाउँमा विकिरण फैलाइदिन्छ । पछि त्यसलाई कुनै किसिमले मर्मत गर्न सकिँदैन ।

अमेरिकीहरु चीनले यस्तो पनडुब्बी बनाएर प्रशान्त महासागरमा आफ्नो फ्रीडम अफ नेभिगेसन अपरेसनलाई बाधा पु-याउला भनी तर्सिएका छन् र त्यो अब साकार हुन लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्