२३ असार २०८३, मंगलबार

प्रदेश खारेजीको मागसहित राप्रपा नेपाल सडक संघर्षमा

प्रदेश खारेजीको मागसहित राप्रपा नेपाल सडक संघर्षमा

राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त आन्दोलन थालेका छन् । 

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दू राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कार्बाही गरिनुपर्ने लगायतका माग राख्दै राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो । 

राप्रपा नेपालले रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेको छ । शुक्रवार माइतीघर मण्डलाबाट निकालिएको जुलुसमा अध्यक्ष कमल थापासहित जनवर्गीय संगठनका नेता, कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

युवक, विद्यार्थी, महिला, मजदुर, पूर्व प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतका जनवर्गीय संगठनहरूको प्रदर्शनमा सहभागिता थियो । 

महामन्त्री राजाराम बर्तौलाले आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्