
नेकपा एमालेका सांसद शेरबहादुर तामाङले ब्रिटिस गोर्खाका सन्तानलाई वंशजको आधारमा निरन्तर नागरिकता दिनुपर्ने बताएका छन् । नागरिकता विधेयकमाथि संसदमा भइरहेको छलफलका क्रममा उनले त्यस्तो कुरा बताएका हुन् ।
उनले विधेयकमा प्रस्ताव गरिएको जन्मसिद्धका सन्तानले नागरिकता पाउने र गैर आवासीयले नागरिकता पाउने प्रावधानको समर्थन गरेका छन् ।
वैवाहिक नागरिकता सम्बन्धमा नागरिकता ऐन २०६३ र २०७२ मा संविधान बनेपछि संविधानको मर्म नसमेटिएको उनले बताएका छन् ।