![कर्जा विस्तारमा कडाइ, मर्जरमा जाने वित्तीय संस्थाको शेयर रोक्का नहुने [पूर्ण पाठसहित ]](https://lktcdn2.prixacdn.net/media/MahaPrasad_Adhikari_2_wbIM99c8kI.png)
नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कर्जा विस्तारमा कडाइ गरेको छ । बैैंकहरूलाई जम्मा १२ प्रतिशतको सीमाभित्र मात्रै कर्जा विस्तार गर्न पाउने व्यवस्था गरेको छ । यसले चालू आवमा बैैंकहरूले अधिक कर्जा विस्तार गर्न पाउँदैनन् ।
बैंकहरू मर्जरमा जाँदा हाल मर्जर प्रक्रिया पूरा भएर एकीकृत कारोबार नभएसम्म रोकिने गरेको शेयर कारोबार भने अब खुला हुने भएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको शेयर रोक्का नगर्ने नीति अबलम्बन गरेको छ ।
हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ