२३ जेठ २०८३, शनिबार

प्रधानसेनापति शर्मा शनिवार अस्ट्रेलिया जाने

प्रधानसेनापति शर्मा शनिवार अस्ट्रेलिया जाने

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शनिवार अस्ट्रेलियाको भ्रमणमा जाने भएका छन् । उनलाई शुक्रवार सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको छ । 

उनी साउन ९ देखि ११ सम्म अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इन्डो प्यासाफिक कमाण्डले सिड्नीमा आयोजना गर्न लागेको चिफ अफ डिफेन्स कन्फरेन्स २०२२ मा सहभागी हुन जान लागेका हुन् । 

उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरू उपस्थिति रहने छ । उक्त सम्मेलनमा सेना प्रमुखहरूबीच विद्यमान अन्तरराष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूमा छलफल हुने सेनाले जनाएको छ । त्यस्तै, सहभागी राष्ट्रका प्रमुखहरूबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायतका विषयमा छलफल हुने बताइएको छ । 

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्