×

NMB BANK
NIC ASIA

यस्ता छन् बैैंकिङ विज्ञ थापाले औँल्याएको मौद्रिक नीतिका सबल र दुर्बल पक्ष

साउन ६, २०७९

NTC
Premier Steels

चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिलाई सकारात्मक र नकारात्मक पक्षको दृष्टिबाट राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले तीन पक्षबाट विश्लेषण गरेका छन् । 

Muktinath Bank

उनले विदेशी विनिमय सञ्चित बढाउने प्रयास चालू आर्थिक वर्षको मौद्रिक नीतिले गरेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रको स्थिति दृष्टिगत गरेर मौद्रिक नीतिको औजार प्रयोग भएको देखिएको उनको बुझाइ छ ।


Advertisment
Nabil box
Kumari

‘नेपालको वित्तीय क्षेत्रको नियामकीय अंकुश सर्वसाधारणलाई लाग्ने र सीमित व्यक्तिले मात्रै लाभ पाउने व्यवस्था अझै हटेको छैन,’ उनले भने,‘यसले सर्वसाधारणले ऋण उसै त कम पाउँथे अब त झन् नपाउने अवस्था आउने भयो ।’

Vianet communication

उनले मौद्रिक नीतिका सवल र दुर्बल पक्षलाई ३/३ बुँदामा यसरी चित्रित गरे ।

सबल पक्ष

– समग्रमा मौद्रिक नीतिका मौद्रिक लक्ष्य यथार्थपरक छन् । राष्ट्रिय अर्थतन्त्रसँग जोडिने खालको छ । 

अनावश्यक रूपमा पक्षपोषण गरेर बैंकहरूको महत्त्वाकांक्षा बढाउने काम विगतमा हुने गरेकामा यस पटक भने सुधारको प्रयास गरेको छ ।

—मौद्रिक नीतिले दिनुपर्ने बाह्य क्षेत्रको अवस्था सुधार्ने संकेत दिएको छ ।

–कोभिड महामारी पनि सिमित व्यक्तिलाई फाइदा पुग्ने गरी दिइएको सुविधा हटाउनु सकारात्मक पक्ष हो । 

नकारात्मक पक्ष

–विदेशी विनिमय सञ्चितिको प्राप्तता अनुपात ७ महिनाको आयात धान्ने भन्ने पहिलेकै व्यवस्थालाई अहिले पनि निरन्तरता दिएको मात्रै छ । 

नेपालको आयात अधिक भएको कम्तिमा १० महिनाको विदेशी विनियम सञ्चिति अनुपात कायम गर्ने लक्ष्य लिएर मौद्रिक नीति आउनुपर्ने थियो । उक्त पक्षलाई वेवास्ता गरिएको छ । 

–बैैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति नीतिलाई पूर्ण सच्याउनुपर्ने काम अझै भएको छैन । आंशिक मात्रै सच्चाइएको छ । व्यापारीको हातमा बैंक सुम्पने र सर्वसाधारणले बैंक तथा वित्तीय सुविधा नपाउने अवस्था आउन सक्ने देखिएको छ । बैंकिङ क्षेत्रको सुधार गर्न अपनाउने व्यवस्था अझै पुगेको छैन । मर्जर एउटा पक्षबीचमा हुने भन्ने नीति लिइएको भएपनि पर्याप्त छैन ।

–बैैंकहरू मर्जरबाट ठूला बैंक हुन थालेका छन् । बैंकहरू ठूला भएपनि क्यापिटल सरचार्ज गर्नुपर्ने व्यवस्था हुनुपर्ने थियो । त्यो व्यवस्था भएको छैन । ठूला र सानालाई समान व्यवस्था छ । क्यापिटल सरचार्ज लगाएर ठूला र साना बैंक छुट्टिने व्यवस्था हुनुपर्ने भएपनि त्यसो हुन नसक्नु मौद्रिक नीतिको कमजोरी हो ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x