नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाल राष्ट्र बैंकले मुद्रा आपूर्ति घट्ने र ब्याजदर बढाउने किसिमको मौद्रिक नीति ल्याएको बताएका छन् ।
मौद्रिक नीति सार्वजनिक भएपछि यसबारे प्रारम्भिक धारणा सार्वजनिक गर्दै अध्यक्ष अग्रवालले यसले समग्र माग घटाउने उल्लेख गरेका छन् ।
मौद्रिक नीतिमा अनिवार्य नगद मौज्दात भाद्र एकदेखि ४ प्रतिशतको व्यवस्था र वैधानिक तरलता मौज्दात पुष मसान्तसम्ममा कायम गर्नेपर्ने, बैंक रेट ८.५ प्रतिशत कायम गरिँदा ब्याजदर बढ्ने बताए ।
उनले बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि स्रोतको रुपमा गणना गरिरहेकोमा त्यस्तो गणना गर्न सकिने अवधि २०८० असार मसान्तसम्म रहने व्यवस्था मिलाइनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।