२१ असार २०८३, आइतबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान  देशभर आंशिक देखि सामान्य बदली रहेको छ। यस्तै पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यसैगरी दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा  वर्षाको सम्भावना रहेको छ । राति पनि पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्