२४ जेठ २०८३, आइतबार

रातारात भएका देशहित विपरीतका कामको सशक्त विरोध गरौं : भीम रावल

रातारात भएका देशहित विपरीतका कामको सशक्त विरोध गरौं : भीम रावल
फाइल फोटो

नेकपा एमालेका नेता भीम रावलले रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्न आह्वान गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएपछि शनिवार ट्विटरमा लेख्दै नेता रावलले देशहितमा आँच पुर्‍याउने काम रातारात भएको स्मरण गरे ।

‘देश हितमा आँच पुर्‍याउने काम रातारात हतारमा गर्ने (जस्तैः महाकाली सन्धि, एमसीसी सम्झौता अनुमोदन र नागरिकता सम्बन्धी विधेयक पारित) नेपालका शीर्ष भनिने नेताहरूको कारण नेपाल राज्य अत्यन्तै कमजोर हुँदै गइरहेको तथ्य सबै नेपालीले बुझौं,’ उनले लेखेका छन् ।

निहित सत्ता स्वार्थ पूर्ति गर्न बाह्य शक्तिप्रति भक्ति गर्दै नेपालको दीर्घकालीन अस्तित्वमाथि नै खतरा निम्त्याइएको रावलले बताए । ‘जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व र स्वाधीनतालाई क्रमशः सिध्याउने खेलका मतियार बने । यस्तो कार्य निन्दनीय छ,’ उनले भने ।

नागरिकता पाउने प्रावधान खुकुलो पारेर विधेयक पारित गरिएकोप्रति आलोचना भइरहेको छ ।

रावलले लेखेका छन् -

salt training

कमेन्ट गर्नुहोस्