०२ असार २०८३, मंगलबार

सुन्दरीजलस्थित बागमती खोलामा खसेर एक किशोर बेपत्ता, खाेजीमा प्रहरी र सेना परिचालन

सुन्दरीजलस्थित बागमती खोलामा खसेर एक किशोर बेपत्ता, खाेजीमा प्रहरी र सेना परिचालन
फाइल तस्बिर

काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर एक जना किशोर बेपत्ता भएका छन् । शनिवार अपराह्न ४ बजेतिर सुन्दरीजलस्थित बागमती खोलामा खसेर बूढानीकण्ठ-कपनका एक किशोर बेपत्ता भएका हुन् । 

काठमाडौं प्रहरी परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शनिवार बिहान साथीहरूसँगै घुम्न गएका १६ वर्षीय किशोर सुमन श्रेष्ठ खोलामा खसेर बेपत्ता भएकाे जानकारी दिए । 

अन्य सात जना साथीहरूसँग घुम्न गएका उनी सुन्दरीजलको बाघद्वार रिसोर्ट नजिकैबाट चिप्लिएर खोलामा खसेका थिए । फोटो खिचाउनका लागि ढुंगामा बस्दा चिप्लिएर उनी खोलामा खसेको प्रहरी उपरीक्षक मैनालीले बताए । 

बेपत्ता किशोरको खोजी कार्य भइरहेको छ । घटनास्थलमा प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेको टोली खटिएको छ । यस्तै, प्रहरीको सामाखुसीस्थित विपद् व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली र नेपाली सेनाको टोली पनि उद्धारको लागि खटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्