०५ असार २०८३, शुक्रबार

काभ्रेमा कोरोना संक्रमण बढ्दै

काभ्रेमा कोरोना संक्रमण बढ्दै
प्रतिकात्मक तस्वीर

काभ्रेमा दैनिक कोरोना संक्रमण बढिरहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा ५ संक्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा २ हप्तादेखि दैनिक कोरोना संक्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये ७ तहमा संक्रमण देखिएको छ ।

यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८ संक्रमित निको भएका जनाइएको छ । पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाका १–१ संक्रमित आइसोलेसनमा उपचाररत रहेको कार्यालय प्रमुख डा. पुरुषोत्तम सेडाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा संक्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ ।

नमोबुद्ध नगरमा ६, बनेपा नगरमा ४ र महाभारत गाउँपालिकामा १ संक्रमित रहेका छन् । हाल जिल्लामा कूल ४२ जनामा संक्रमण रहेको हो । करीब २ वर्ष ५ महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ जनामा संक्रमण देखिएको छ । यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्