०४ असार २०८३, बिहीबार

मुड्केचुला गाउँपालिका ८५० धरधुरीलाई सौर्य ऊर्जा  वितरण

मुड्केचुला गाउँपालिका ८५० धरधुरीलाई सौर्य ऊर्जा  वितरण
प्रतिकात्मक तस्वीर

केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । 

गाउँपालिकाको वडा नम्बर १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

साना लघु जलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिकास्तरमै बोलपत्र आह्वान गरेर काम शुरू गरेका छन् । मुड्केचुला तल्लो डोल्पामा पर्दछ ।

हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्रविधिबाट विद्युत् लिने प्रदेश सरकारको लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्