१९ असार २०८३, शुक्रबार

पत्नीभन्दा पति ६ इन्च होचा, अरुले उडाउँछन् खिल्ली !

साउन ८, २०७९
पत्नीभन्दा पति ६ इन्च होचा, अरुले उडाउँछन् खिल्ली !

अधिकांश महिलाले आफूभन्दा अग्ला पति नै रुचाउँछन् । रुचाएर मात्रै कहाँ हुन्छ ? लगन जुरेपछि अग्ला–होचा सबैको विवाह भइहाल्छ ।

अमेरिकाका ३० वर्षीया महिला जेसिकाले ३१ वर्षीय हन्टरसँग विवाह गरिन् । जेसिका ५ फीट ७ इन्च अग्ली छन् भने हन्टर ५ फीट १ इन्च अग्ला रहेका छन् । पत्नीभन्दा पनि ६ इन्च होचा रहेका छन् ।

होचो पति देखेपछि कतिपयले जेसिकाको खिल्ली उडाउँछन् तर जेसिका खुशी छिन् । उनीहरू सन् २०२० मा पहिलोपल्ट भेटिएर विवाह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जेसिकाले भनिन्, ‘जब हामी बाहिर घुम्न जान्छौं, तब हाम्रो खिल्ली उडाइन्छ । कैयौले हन्टरलाई मेरो छोरा भन्छन् जिस्क्याउँछन् । तर हामी दुवै एकअर्कालाई पाएर खुशी छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्