०९ साउन २०८३, शनिबार

बिल बिनाको सामान बोकेको ट्रक नियन्त्रणमा

बिल बिनाको सामान बोकेको ट्रक नियन्त्रणमा

बिल बिजकभन्दा बढी विभिन्न किसिमका विद्युतीय सामग्री तथा खुद्रा सामानहरू बोकेको ट्रक शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ८ घण्टाघरस्थित सडक खण्डबाट ना.३ ख २५६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । 

उक्त ट्रक रोकेर जाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएको तथा बिल-बिजक बिनाका विभिन्न किसिमका विद्युतीय सामग्री तथा खुद्रा सामानहरूसमेत फेला परेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

उक्त ट्रकबाट ३१ लाख २० हजार रुपैयाँ बराबरको सामान बिलबिजक विनाको भेटिएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएको ट्रकलाई भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्