×

X
Nic Asia
Marvel
Khukuri

जनतालाई जनार्दनको जवाफ

'जेटीएदेखि मन्त्रीसम्मको यात्रा र मेरो भोगाइ'

काठमाडाैं | साउन ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

म त्यो पुस्ताको एक जीवन्त प्रतिनिधि पात्र हुँ, जसले गोधुलीमा घाँस–दाउराका भारीमाथि नाबालक छोराछोरी राखेर भोको पेटमा पटुका कस्दै पोल्टामा रहेको गिठ्ठाभ्याकुरले साँझको छाक टार्ने योजनामा बाँचेका आमा, भाउजू र दिदीबहिनीहरूको पीडा प्रत्यक्ष देखेको छु ।
 
मेरा थुप्रै दौंतरीहरू भारतको कालापहाड आउजाउ गर्ने (कालापारे) हरू छन् । उनीहरूमध्ये केहीको दैनिक खर्च कालापारको 'सिजनल' कमाइले चल्छ र केही कहिल्यै नफर्किने गरी पनि मुग्लान पसेका छन् ।
 
माटोको रित्तो घैंटो काखमा च्यापेर घण्टौं पँधेरोमा पर्खिएका दलितहरूको कारुणिक दृश्य कैयन देखियो, जुन दृश्यले विभेद र छुवाछुतको अत्याचार एवं अमानवीय पाखण्डलाई प्रस्ट्याएको हुन्थ्यो । सामाजिक अपहेलना, कुप्रथा र कुसंस्कारको त्यो निदर्यी परम्परालाई चुनौती दिन मानिसहरू अगाडि आउने हिम्मत गर्दैनथे । 

DHARA
LAxmi BAnk

हामीले त्यही जडताले भरिएको कडा परम्पराभित्रबाट आफूलाई विस्फोट गर्नुपरेको थियो  । समाजिक कुप्रथा र परम्पराविरुद्धको त्यो लडाईं हाम्राअघिको सबैभन्दा जटिल र विजयी हासिल गर्नैपर्ने खालको थियो ।
 
गाँस–बास–कपासका आवश्यकता पूरा गर्ने लक्ष्य कुनै सानो विषय थिएन । गरीबी, अभाव र भोकमरीमाथि विजयी हासिल गर्नु जीवनमरणको लडाईं थियोे त्यो पुस्ताका लागि । रोग भोक र अनिकालबाट ज्यान जोगाउन अनि विस्तारै बाल मृत्युदरमा कमी ल्याउन एकातिर सरकारले दिने खोपहरूमा चनाखो हुनुपर्थ्यो भने अर्कातिर पोषणमा ध्यान दिन नसकिए पनि पेटभर खानेकुराको जोहो गर्नुपर्थ्यो ।
 
मैले अनिकाल र भोकमरीका अनगिन्ती समयहरूसँग साक्षात्कार गरेको छु, किनकी हामी जनताकै माझ हुर्कियौं, खायौं, खेल्यौं र उनीहरूकै सुखदुःखका साथी बन्यौं ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX
दैनिक १९ घण्टासम्म लोडसेडिङमा रहने काठमाडौं उपत्यकावासी र देशका विभिन्न शहरका निम्न मध्यम वर्ग तथा 'एलिट' क्लासले माओवादीकै कारण २४ सै घण्टा बिजुली बत्तीको सुविधा पायो तर माओवादीलाई शहरबाट त्यही जनताले किन तिरस्कार गर्छ, कारण थाहा छैन ।

कर्णालीको उच्च पहाडी क्षेत्र र हिमाली जिल्लाहरूमा भोकमरी नियमित र सामान्य प्रक्रियाजस्तै थियो । भोकमरीमा मान्छेहरूले ज्यान गुमाउनुपर्थ्यो । बर्सेनि बाल मत्युदरको कुनै हिसाब र लेखाजोखा थिएन । बर्सेनि बच्चाहरू जन्माउने क्रममा नवजात स्याहार तथा मातृसुरक्षा प्रायः खतरामा हुन्थे ।
 
खासगरी मैले मेरो जीवनको एउटा कालखण्डमा स्वास्थ्यकर्मी हुँदा आमा, नवजात शिशु र वृद्धवृद्धाहरूको अवस्था बुझ्न पाएँ र एउटा छोटो कालखण्डमा जेटीएका रूपमा काम गरें । त्यतिबेला कृषिका अतिरिक्त किसानहरूको अवस्थाबारे पनि राम्रैसँग बुझें ।
 
राजनीतिक जिम्मेवारीका हिसाबले मेरो भागमा सधैं ग्रामिण इलाका पर्‍यो र नेपालको गाउँले जीवनका बारेमा शायद समकालीन नेताहरूमध्ये म राम्रैसँग परिचित छु जस्तो लाग्छ ।


Advertisment
Bizbazar
Saurya island

जीवनले ४० नकटेका मान्छेहरूका चाउरिएका अनुहार, बिँडी वा तमाखुको धुवाँसँग जीवनका सपनाहरू कार्बन्डाइक्साइडका रूपमा माथि आकाशतिर आकृतिहीन भएर उडिरहेको दृश्य, स–साना बारीका भिराला कान्लाहरूमा एक हल गोरु जोतेर जीविका चलाउने सोंच, नुनतेलको भारी बोकेर चौतारीमा थकाइ मार्दै गरेको भरिया, खरले छाएको छानो हस्तान्तरण र पुस्तौंदेखिका केही थान धातुका भाँडा, काठका भाँडा, डोको–चोया, त्यही सानो लेक–बेसी एक हल गोरु अनि वस्तुभाउ हाम्रो समाजका नियमित पुस्तान्तरणका वस्तुहरू थिए ।
 
गोठाले जीवन, प्रशस्त वस्तुभाउ, गोधुली साँझमा घर फर्किँदै गरेका गाईगोरु र भेडाबाख्राका बथान, बस्ती वरिपरिका ठूल्ठूला पहाडहरू, उकाली–ओराली, मेलापात अनि गाउँमा मुखिया र पञ्चहरूको हैकम हाम्रो पुस्ताका अन्तिम स्मृतिहरू हुन् सम्भवतः नेपालको आगामी पुस्ताले ती भोगाइलाई दन्ते कथाका रूपमा बाहेक कहीँ सुन्ने छैनन् ।

म त्यही समाजको प्रतिनिधि हुँ, जुन समाजमा स्कूल जाने बच्चाको वृहत् सपना मास्टर हुने गथ्र्यो र सपनाका लागि अर्को विकल्पको अत्तोपत्तो थिएन । उच्च शिक्षा हुन्छ, विश्व विद्यालयहरू हुन्छन् र विभिन्न विषयहरूको पढाइ हुन्छ भन्ने जानकारी गाउँमा एकाध मानिसहरूलाई मात्र  हुन्थ्यो ।

Vianet communication
IME BANK INNEWS

नाङ्गै खुट्टाले स्कूल जाने बालबालिकाहरूको अवस्था मलाई राम्ररी थाहा छ । आजको शहरी पुस्तालाई पोषणका लागि जे उपलब्ध छ र उसले जे उपभोग गरेको छ, त्यस पुस्ताले हाम्रो ग्रामीण इलाकाको शोषणको इतिहास र कुप्रथाबारे कल्पनासम्म गरेको छैन ।

चुनौतीका पहाडहरूलाई संघर्षको मैदानमा बदल्ने हाम्रो त्यस पुस्ताको आँटप्रति मलाई आज पनि गर्व लाग्छ तर हामीले मुलुकलाई गौरव गर्ने अवस्थामा अझै पुर्‍याउन सकेका छैनौं, त्यो दुःखद् इतिहास हामीले अर्को पुस्तालाई छाडेर जानु हुँदैन । आफ्नो संघर्षप्रति गर्व गर्दा सफलताप्रति गौरव गर्नलायक अवस्था बनाएर राजनीति र सामाजिक संरचनाको पुस्तान्तरण एवं हस्तान्तरण गर्न पाए बल्ल एक प्रकारको आत्मसन्तुष्टि प्राप्त हुन्थ्यो ।
 
त्यस परिवेशबाट हुर्केको, त्यो समयले संघर्षशील बनाएको, त्यो सामाजिक संरचना र आस्था विश्वासबाट हुर्केको मैले धन थोपर्नका लागि वा व्यक्तिगत सम्पत्ति र स्वामित्वका लागि अपारदर्शी काम गर्ने र भ्रष्टाचारमा लिप्त हुने कुरा निकै ठूलो घृणाको कुरा हो । त्यसकारण मैले व्यक्तिगत लोभ र लालसामा कुनै काम गर्छ भन्ने कल्पना गर्नु पनि निकृष्ट सोच हो ।
 
म थोरै त्यो पृष्ठभूमिमा जान चाहन्छु, जुन अवस्थाले मलाई राजनीतिको आँधीमा हुत्याइदियो । पञ्चायतका ती दिनहरू रुकुममा अन्याय, अत्याचार, दमन र शोषणको पर्याय थिए । शायद देशभरको अवस्था त्योभन्दा फरक थिएन होला ।

जीवनको किशोरावस्थामै वर्ग विभेदको त्यो चरम पीडामाथि मेरा आँखा प्रत्यक्षदर्शी थिए । मष्तिस्कले मुटुमा एक प्रकारको अबिराम हलचल पैदा गरिदिएको थियो । म अन्यायविरुद्ध बोल्न थालें र प्रशासनको आँखाको कसिंगर बनें । प्रहरी–प्रशासनको आँखा छल्न कुल मिलाएर कृषि र स्वास्थ्य गरी पाँच वर्ष जागिरमा बित्यो ।
 
जागिरभित्र रहेर पार्टीको काम गर्दा त्यतिबेलाका पञ्चहरू भित्रभित्रै रिसले आगो थिए । ठीक त्यहीबेला पञ्चायतविरुद्धको एउटा आँधी ०४६ सालमा उर्लियो । उपचारका लागि काठमाडौं आएको र उच्च शिक्षा पनि सँगसँगै अगाडि बढाइरहेको मेरा लागि जन आन्दोलन हृदयको आवाज बोकेको राजनीतिक उत्सव थियो र त्यो मिस गर्ने कुरा थिएन, त्यसैले  कीर्तिपुर मोर्चामा मणि थापा र म सँगसँगै अग्रपंक्तिमा रह्यौं ।

कीर्तिपुरबाट आएको विशाल भीडले शालिक तोडफोड गर्दा एक जनाको शहादत भयो । हामी प्रहरीको गोलीको निशानाबाट बच्यौं । जनआन्दोलन सफल भयो । तर जनताको व्यवस्था आएन भन्ने मनमा बाँकी थियो । त्यही वर्ष बिहे भयो र त्यसपछि राजनीतिमा झन् सक्रिय हुनुपर्ने दिनहरू आए ।
 
वैवाहिक र पारिवारिक जीवनभन्दा राजनीतिक जीवनमा व्यस्त हुन थालियो । ०४८ सालको आम निर्वाचनमा पार्टीले सांसद्को टिकट दियो । मेरा लागि त्यो सरप्राइज थियो । म चुनाव लड्ने मनस्थितिमै थिइनँ । अध्यक्ष प्रचण्ड तत्कालीन क. विश्वासले तपाईं लड्ने भनेरै टिकट दिइएको हो, चुनाव लड्नुपर्छ भन्नु भएपछि संसद्को चुनावमा भाग लिएँ । मैले चुनाव प्रचारमा बाटोघाटो, पुलपुलेसा बनाउने काम मबाट हुँदैन, राजतन्त्र ढाल्नतिर लाग्ने हो भनें । त्यै पनि थोरै भोटले चुनाव हारियो ।

त्यसपछि दाङको सेक्रेटरी हुँदै जनयुद्धमा लागें । राजनीति र सैन्य मोर्चामा भूमिका पूरा गर्दै सुदूरपश्चिममा त सांस्कृतिक प्लाटुन, कम्पनीहरू निर्माण गरियो ।

तमाम् विजय र पराजयको फौजी मोर्चाहरू फेस गर्ने क्रममा रुकुमको झिम्के टावरदेखि कालीकोट पिलीका अनगिन्ती अनुभवहरू हासिल गरियो । पार्टी आन्दोलनले दिशानिर्देश गरेको दीर्घकालीन परिवर्तनकै निमित्त नीजि जीवन र व्यक्तिगत स्वार्थहरूलाई स्थान दिइएन । जब हामी गणतन्त्रमा पुग्यौं, तब भूमिका फेरियो ।
 
पार्टीको आवश्यकता अनुसार बेलाबखत सरकारको मोर्चामा पनि भूमिका निर्वाह गर्नुपर्‍यो । बढीभन्दा बढी जनताको हित, जनपक्षीय काम र जनतालाई सुख अनि समृद्धि के कसरी हुनसक्छ भन्नेबाहेक मेरो अरू कुनै स्वार्थ छैन । हरेक क्षेत्रमा हुने क्रमिक प्रगतिलाई गति दिनुपर्छ र गुणात्मक बनाउनुपर्छ भन्ने कुरामा व्यक्तिगत रूपमा म कहिल्यै चुकेको छैन भन्ने मेरो विश्वास छ ।

वर्तमान संरचनाको परिधिभित्रबाट गर्न सकिने ठाउँ एक इञ्च बाँकी नराखी पूर्णता दिँदा हामीले पूँजीवादलाई प्रगतिशील बाटोमा लैजान सक्छौं कि भन्ने मेरो विश्वास छ ।

हामीले बजेटमा देशको समृद्धि र जनताको हितका लागि केही नयाँ गर्न खोजेका छौं, जो प्रस्ट भइसकेको छ । तर यसपटक बजेट कार्यान्वयनमा अवरोधका लागि शुरूदेखि नै बहाना बनाएर अर्थमन्त्रालय निष्क्रिय बनाउने तानाबाना शुरू हुन पुगे । यो किन र कसको 'इन्ट्रेस्ट'मा भइरहेको छ, जनताले एक दिन अवश्य प्रस्टसँग बुझ्ने छन् ।

पूँजीवादको प्रगतिशील चरित्रलाई हाबी बनाउन सकिए, सत्ताको संरचनामा रहनेहरूले आफ्नो आचरणलाई पारदर्शी बनाउन सके र जनताको हितमा आवश्यकताअनुसार ऐन कानूनहरू संशोधन गर्दै अघि बढ्न सके हामी समाजवादको बाटोमा पाइला चाल्न सक्छौं ।
 
यिनै राजनीतिक चाहना र प्रतिबद्धतासहित जनताको नेतृत्व गर्न आएका माओवादी र त्यसैमाथि हामी कमाण्डर जसको आदेशमा सयौं–हजारौं मानिसहरू तत्कालीन राज्यसत्ताविरुद्ध प्रतिरोध गर्न उभिए । अनि हामी कुनै अपारदर्शिता, षड्यन्त्र, भ्रष्टाचार र दाउपेचमा अल्झिने कुरा कसरी सम्भव छ ? मानिसहरूले हाम्रो चरित्रलाई कति निरीह र निर्दयी ढंगले दागी बनाउने दुष्प्रयास गरिरहेका छन्, म अचम्मित छु ।

तपाईंहरूलाई थाहा छ, माओवादी सरकारमा रहँदा काठमाडौंका सडकहरू फराकिला बने । सडक फराकिला बनाउँदा जो विरोधमा उत्रिएर आफ्नो घरका पर्खाल बचाउँदै थिए, उनीहरूको राजनीतिक भविष्य सुरक्षित छ, तर माओवादीलाई काठमाडौं उपत्यकामा बिउ खोज्न गाह्रो हुनेगरी बढारिनुपर्‍यो । 

दैनिक १९ घण्टासम्म लोडसेडिङमा रहने यही उपत्यकावासी र देशका विभिन्न शहरका निम्न मध्यम वर्ग तथा 'एलिट' क्लासले माओवादीकै कारण २४ सै घण्टा बिजुली बत्तीको सुविधा पायो तर माओवादीलाई शहरबाट त्यही जनताले किन तिरस्कार गर्छ, कारण थाह छैन ।
 
हामीले बजेटमा देशको समृद्धि र जनताको हितका लागि केही नयाँ गर्न खोजेका छौं, जो प्रस्ट भइसकेको छ । तर यसपटक बजेट कार्यान्वयनमा अवरोधका लागि शुरूदेखि नै बहाना बनाएर अर्थमन्त्रालयलाई निष्क्रिय बनाउने तानाबाना शुरू हुन पुगे । यो किन र कसको 'इन्ट्रेस्ट'मा भइरहेको छ, जनताले एक दिन अवश्य प्रस्टसँग बुझ्ने छन् । यसबाहेक मेरो भन्नु केही छैन ।

(निवर्तमान अर्थमन्त्री शर्मासँग लोकान्तरका लागि पुष्प न्यौपानेले गरेको कुराकानीमा आधारित ।)

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

असोज ३, २०७९

जनताको प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन आठौं वर्षमा प्रवेश गर्दैछ । संविधान अनन्त अवधिको नेपाली आशा र आकांक्षाको मार्गचित्र हो । राष्ट्रको जीवनमा सात वर्षको अवधि लामो होइन, तर शुरूका दिन जति सहज र उपलब्धिप्...

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x