०१ असार २०८३, सोमबार

नक्कली नेपाली नोटसहित एक जना पक्राउ

नक्कली नेपाली नोटसहित एक जना पक्राउ

सर्लाहीको हरिवनबाट नक्कली नेपाली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोटसहित भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान पक्राउ परेका हुन् । उनलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्