२५ जेठ २०८३, सोमबार

ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ ।

गत साउन ४ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याब्सन, एनप्याबसन, हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । 

सोही अनुरूप आइतवार  विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको कार्यालयले जनाएको छ ।

यसरी ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कूलबसहरूलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको बताइएको छ ।

आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने समेत कार्यालयको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्