०५ साउन २०८३, मंगलबार

चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

वाग्मती प्रदेशसभाको आजको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ । 

बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, विभूषण सिफारिस तथा सम्मान पदकसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश युवा परिषद् ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

यसैबीच प्रदेश निजामती कर्मचारी ऐन तथा स्थानीय तहका सेवा गठनसम्बन्धी ऐन निर्माण गर्ने क्रममा प्रदेश सरकारले गम्भीर लापरबाही गरेको भन्दै विपक्षी नेकपा (एमाले) ले प्रदेशसभाको आजको बैठकमा आपत्ति जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्