
चितवनको भरतपुरमा आफ्नै पत्नीको हत्या गरी एक पुरुषले आत्महत्या गरेका छन् ।
भरतपुर–१० रमाइलो चोकमा ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया पत्नी रुस्मा घिमिरे (आचार्य)को हत्या गरी आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी आचारर्यले लोकान्तरलाई जानकारी दिए ।
डीएसपी आचार्यका अनुसार, पति कृष्णले राति १० बजेको समयमा घरमा मोबाइल हेरेर बैठक कोठामा बसिरहेकी रुस्मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
यस्तै उनको हत्या लगत्तै पति कृष्णले घरको छतबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाइएको छ ।
पति कृष्ण वैदेशिक रोजगारबाट हालसालै आएको र पारिवारिक विवाद केही समयदेखि हुँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी आचार्यले जानकारी दिए ।
परिवारमा उनीहरूको एक छोरी समेत रहेका छन् ।
उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।