
सोमवार दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला भई बहने विभिन्न ससाना नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले एक बुलेटिन जारी गर्दै ती नदीहरूमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव समेत हुन सक्ने बताएको हो ।
विभागका अनुसार, सोमवार दोलखा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कालिकोट र आसपासका क्षेत्र भई बहने नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।
यस्तै आज बिहान कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ति, पश्चिम राप्ती, बबई र सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहेको विभागले जनाएको छ ।
विभागले आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने अनुमान गरेको छ ।