२४ जेठ २०८३, आइतबार

पाल्पा दुर्घटनाः मृतक सबैको सनाखत, घाइते ८ जना अस्पतालबाट डिस्चार्ज

पाल्पा दुर्घटनाः मृतक सबैको सनाखत, घाइते ८ जना अस्पतालबाट डिस्चार्ज

पाल्पाको रिब्दीकोट २ लघुवास्थित तानसेन–रिडी सडकमा आइतवार भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारीअनुसार लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको हो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमार, रुपन्देही देवदह नगरपालिका ७ बस्ने ८७ वर्षीया डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमे, नवलपरासी बर्दघाट पश्चिम ५ बस्ने २४ वर्षकी पूर्णिमा कामी र बाग्लुङ बडिगार्ड नगरपालिका १० बस्ने ५५ वर्षकी यमकली थापा रहेका छन् । 

उक्त दुर्घटनामा घाइते भएका ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइरसकेको प्रहरीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्