२३ जेठ २०८३, शनिबार

‘युक्रेनलाई सहयोग गर्ने विषयमा अमेरिकी जनता अनिच्छुक’

साउन ९, २०७९
‘युक्रेनलाई सहयोग गर्ने विषयमा अमेरिकी जनता अनिच्छुक’

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले युक्रेनप्रति अमेरिकी जनताको समर्थन घट्न थालेको स्वीकार गरेका छन् । 

शुक्रवार एस्पन सिक्योरिटी फोरममा सम्बोधन गर्दै सलिभानले जनता अनिच्छुक भए पनि ह्वाइट हाउस र संसद्ले युक्रेनलाई सहयोग गरिरहने बताए । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको व्यक्तिगत सुरक्षाका विषयमा पनि वाशिङटन चिन्तित बनेको सलिभानले बताए । उनको सुरक्षाका लागि अमेरिकाले सहयोग गरिरहेको सलिभानको भनाइ छ । 

‘राष्टपति जेलेन्स्कीको व्यक्तिगत सुरक्षाका बारेमा हामी चिन्तित छौं,’ उनले बताए, ‘युद्धकालीन यी नेताले रुस जस्तो दयामाया नभएको र जे गर्न पनि समर्थ शत्रुको सामना गरिरहेका छन् ।’

रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएलगत्तै अमरिकाले जेलेन्स्कीलाई देशबाहिर जाने प्रस्ताव गरेको थियो । तर जेलेन्स्कीले त्यो प्रस्ताव मानेनन् । 

जेलेन्स्कीले कैयौंपटक आफ्नो ज्यान लिनका लागि हत्याराहरूले कोशिश गरिसकेको बताएका छन् । रुसले आफूलाई मार्न चाहेको उनको भनाइ छ ।

तर मस्कोले यी आरोपको खण्डन गर्ने गरेको छ । युक्रेनका राष्ट्रपतिसँग बसेर रुसले शान्ति सम्झौता गर्न खोजेको रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले बताए । 

अमेरिका आफूले गर्न खोजेको कुनै अनैतिक काम आफ्नो शत्रुले गर्ने भनी प्रचारबाजी गर्ने गर्छ । त्यसैले जेलेन्स्कीलाई अमेरिकाले नै मार्न खोजेको हुन सक्ने कतिपय रुससमर्थक विश्लेषकहरू बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्