२३ जेठ २०८३, शनिबार

टक्सारका बाढीपहिरो प्रभावितलाई पुर्जा वितरण

टक्सारका बाढीपहिरो प्रभावितलाई पुर्जा वितरण

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ टक्सारका बाढीपहिरो पीडितलाई सोमवार लालपुर्जा वितरण गरिएको छ ।

पहिरो पीडितलाई बस्ती स्थानान्तरणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङले १४ पहिरो पीडितलाई लालपुर्जा वितरण गरेका हुन् ।
 
विक्रम संवत् २०७७ भदौमा आएको पहिरोले टक्सारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिका प्रमुख बस्नेतले जानकारी दिए ।
 
अन्य विस्थापितलाई सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा रकम उपलब्ध गराउने उनले बताए । अब सुरक्षित स्थानमा आवास निर्माण गरी बस्न पाइने आशा पलाएको स्थानीय युधिर पौडेलले विश्वास व्यक्त गरे ।

हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका १ हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।

पीडितलाई पुनर्वासका लागि जग्गा खरिद गर्न ३ लाख र घर निर्माण गर्न ५ लाख रुपैयाँ दिइने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्