०४ असार २०८३, बिहीबार

भीरबाट खस्दा २ जनाको मृत्यु

भीरबाट खस्दा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भीरबाट खस्दा १ महिलासहित २ जनाकोे मृत्यु भएको छ । 

चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भीरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरू इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट खसेर खोलाले बगाएको उनीहरूसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन् । दुवै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको ईलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए ।

घटना दिउँसो भएको हो । शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो । बाटो निकै अप्ठ्यारो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले बाटो प्रयोग नगर्न आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्