२९ जेठ २०८३, शुक्रबार

दृष्टिविहीन छात्रा बनिन् कक्षा प्रथम, सँगसँगै बहुमुखी प्रतिभाकी धनी

साउन १०, २०७९
दृष्टिविहीन छात्रा बनिन् कक्षा प्रथम, सँगसँगै बहुमुखी प्रतिभाकी धनी

भारतको केरलकी दृष्टिविहीन छात्रा हाना एलिस सिमोन कक्षामा प्रथम भएकी छन् । अपाङ्गताले सफलतामा अवरोध गर्दैन भन्ने उदाहरण दिएकी छन् उनले ।

उनले ५०० पूर्णांकको परीक्षामा ४९६ अंक ल्याएकी छन् । उनी पढाइ सँगसँगै गायन, उत्प्रेरक भाषण र यूट्यूब भिडियो बनाउनमा समेत दक्ष छिन्, उनी बहुमुखी प्रतिभाकी धनी छिन् । हाना राजागिरी क्रिस्टू जयन्ती पब्लिक स्कूलकी छात्रा हुन् ।

हालै उनले ‘वेलकम होम’ पुस्तक समेत प्रकाशित गरेकी छन्, जसमा ६ छात्राको छोटो कथा समेटिएको छ ।

दृष्टिविहीनका लागि छुट्टै विद्यालय हुने भए पनि उनका अभिभावकले उनलाई साधारण स्कूलमै भर्ना गरेका थिए । अभिभावकको त्यो फैसलाका लागि हानाले धन्यवाद समेत दिएकी छन् । साधारण स्कूलमा पढ्दा उनले कैयौं कठिनाइ भने सामना गर्नुपरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्