काठमाडौं, २० पुस — समुद्रको किनारमा गएर छुट्टी बिताउन धेरैलाई मजा लाग्छ । हाम्रो देशमा समुद्र नभएकाले हामी भारतको गोवा वा थाइल्यान्डको फुकेत जान रुचाउँछौं ।

तर आन्ध्र महासागरको उत्तरी भागमा रहेको सारगासो समुद्रमा तट नै छैन । यसको मिलौं मिल टाढासम्म जमिन देखिँदैन । त्यत्तिकै पानी तैरिरहेको छ यहाँ ।
समुद्रको नाम सारगासो यहाँको घाँस सारगासमबाट बनेको हो । त्यो घाँस बेस्सरी पाइन्छ समुद्रमा । यही घाँस त्यहाँ रहेका धेरै प्राणीको भोजन हो ।
यहाँ धेरै माछा र गंगटा पाइन्छन् ।
जमिनको सपोर्ट नभएका कारण यो समुद्र हावाको बहाव अनुसार आफ्नो स्थिति बदल्छ । आन्ध्र महासागरमा बेस्सरी जाडो हुँदा पनि यो समुद्रको पानी तातै बस्छ ।
प्रकृतिले अनेकौं रोचक बनाएको छ । अब यस्तो तट नै नभएको समुद्र पनि त विचित्र कुरा नै हो नि ।
एजेन्सी