०९ साउन २०८३, शनिबार
संवैधानिक इजलास

संवैधानिक नियुक्तिविरुद्धका रिटहरू संवैधानिक इजलासमा पेशी चढे

संवैधानिक नियुक्तिविरुद्धका रिटहरू संवैधानिक इजलासमा पेशी चढे

संवैधानिक निकायका ५२ जना पदाधिकारीहरूको नियुक्ति खारेजीको मागसहित परेका रिटहरू संवैधानिक इजलासमा पेशी चढेका छन् ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास ती रिटहरूको पेशी तोकिएको हो।

संवैधानिक नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, कृतिनाथ शर्मा पौडेल, समृत खरेलसहितले रिट दायर गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरेका थिए ।

अध्यादेश बदर गरी नियुक्त गरिएका सबै पदाधिकारीहरूको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै दर्ता भएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

salt training

कमेन्ट गर्नुहोस्