२८ जेठ २०८३, बिहीबार

अन्नपूर्ण गाउँपालिकामा १६ किलोमिटर सडक निर्माण

अन्नपूर्ण गाउँपालिकामा १६ किलोमिटर सडक निर्माण
प्रतिकात्मक तस्वीर

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करीब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ ।

सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको गाउँपालिकाका विभिन्न ठाउँमा १ वर्षको अवधिमा १५ दशमलव ९४ किलोमिटर सडकको मार्ग खोलिएको पूर्वाधार शाखाले जनाएको छ । 

गाउँपालिकाका इन्जिनीयर ईश्वरबहादुर भण्डारीले ३२० मिटर सडकमा ग्राभेल, ५४२ दशमलव ५३ मिटर सोलिङ, २३४ मिटर सडकमा आरसीसी ढलान र कजवे निर्माण, ६ वटा कल्भर्ट, ५७ दशमलव ४ मिटर नाली निर्माण भएको जानकारी दिए ।

खिवाङ–घराम्दी र राम्चे–घोडेपानी जोड्ने सडकको मार्ग निर्माण तथा महभिर–हिस्तान–राम्चे सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको थियो । घोडेपानीबाट फूलबारी र राम्चेबाट आहालडाँडाबाट सडक निर्माण थालिएको छ । खिवाङतर्फबाट घराम्दी जोड्ने सडकको मार्ग खोल्ने उद्देश्यले सडक निर्माण गरिएको छ । 

२ हजार ८७४ दशमलव ८ घनमिटर ग्यावियन पर्खाल र १३२ दशमलव ५३ घनमिटर रिटेनिङ पर्खाल निर्माण भएको छ । वडा नम्बर ४ र ५ मा २/२ र १ मा १ वटा झोलुङ्ग पुल निर्माण गरिएको छ । 

गाउँपालिकाको कार्यक्रमबाट १ हजार २२४ दशमलव ५ मिटर नयाँ पदमार्ग निर्माण र २ हजार ८९६ दशमलव ७५ मिटर पदमार्ग स्तरोन्नति भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । यस वर्ष १९ घरमा नयाँ धारा जडान, ११ हजार ४४७ दशमलव ६ मिटर खानेपानी लाइन विस्तार, ३३ हजार लिटर क्षमताका ट्यांकी निर्माण, ढल निकासका लागि ७२६ मिटर पाइपलाइन विस्तार र १२ वटा च्याम्बर बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्