
बेलायतको सत्तारूढ दल कन्जर्भेटिभ पार्टीको प्रमुख चयन गर्नका लागि मतदानअघि दुई प्रतिस्पर्धीबीच बहस चलिरहेको क्रममा टीभी प्रस्तोता बेहोश भएकी छन् ।
ऋषि सुनक र लिज ट्रसबीच बहस चलिरहेको बेलामा द सन र टकटीभीकी प्रस्तोता केन मककान बेहोश भएकी हुन् ।
ट्रसले बोल्दै गर्दा मककान अचानक ढलेपछि ट्रसले ओ माई गड भनेकी थिइन् ।
टकटीभीले मककानको स्वास्थ्य ठीक छ भने पनि बहस चालु नराख्न भनिएको थियो । त्यसपछि बहस बीचैमा रोकियो ।
मककान आरामै रहेको थाहा पाएपछि ट्रस र सुनकले ट्वीट गर्दै खुशी व्यक्त गरेका थिए । फेरि बहस गर्न आफूहरू तयार भएको उनीहरूले बताएका छन् ।
बहस रोकिनुअघि दुवै उम्मेदवारले कर, एनएचएस र जीवनयापन खर्चमा वृद्धिका विषयमा कुरा गरिरहेका थिए ।
युक्रेनको कुरा उठेपछि चाहिँ मककान ढलेकी थिइन् ।
Rishi Sunak and Liz Truss deliver their opening statements in the leadership debate hosted by The Sun pic.twitter.com/sdlCOFVQ3Q
— The Sun (@TheSun) July 27, 2022