
इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ्ग बुवा बनेका छन् । प्रशान्तकी पत्नी मार्था एलीले बुधवार छोरीलाई जन्म दिएकी छन् ।
प्रशान्तले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।
उनले छोरीको नाम अरिया राखेको समेत जानकारी दिएका छन् ।
गत महिना आफू बुवा बन्न लागेको खबर प्रशान्तले आफ्ना प्रशंसकलाई सरप्राइजका रूपमा सुनाएका थिए । प्रशान्तले माया र शुभकामनाका लागि सबैलाई धन्यवाद दिएका छन् ।
बुवा बनेको खबर सार्वजनिकसँगै प्रशान्तलाई शुभचिन्तक एवं फ्यानहरूले बधाई दिइरहेका छन् ।
यतिबेला भारतमै रहेका प्रशान्तले ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । उनको नयाँ चलचित्र ‘परदेशी २’ दशैंमा प्रदर्शनमा आउँदैछ ।