मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
साउन ११, २०७९
रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ अहिले अफ्रिकाको भ्रमणमा छन् । त्यसैक्रममा बुधवार (२७ जुलाईमा) उनले इथियोपियामा विभिन्न अफ्रिकी मुलुकका राजदूतहरूसँग निजी बैठक गर्ने कार्यक्रम छ ।
इजिप्टको राजधानी कायरोमा उत्तर अफ्रिकी तथा अरब नेताहरूसँगको भेटघाटलगत्तै लाभरोभ कंगो र युगान्डापछि इथियोपिया पुगेका हुन् । युक्रेनमाथि रुसको आक्रमणपछि पश्चिमले रुसलाई कूटनीतिक रूपमा एक्ल्याउन विभिन्न प्रयास गरिरहेको सन्दर्भमा लाभरोभको अफ्रिकी भ्रमणले रुस विश्वबाट नएक्लिएको सन्देश दिन सफलता पाएको देखिन्छ ।
त्यसो त अधिकांश अफ्रिकी नेताहरूले युक्रेनमाथि रुसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन् । अझ, उनीहरूले द्वन्द्व शुरू गर्न तथा चर्काउनका लागि अमेरिका र नेटो जिम्मेवार रहेको बताएका छन् । यसबाट पनि अफ्रिकीहरूमाझ रुसको छवि राम्रो रहेको पाइन्छ ।
अफ्रिका भ्रमणमा निस्कनुअघि लाभरोभले रुसको परराष्ट्र मन्त्रालयमा प्रकाशित गरेको आलेखमा बहुध्रुवीय विश्व व्यवस्थामा अफ्रिकाको स्थिति थप बलियो बन्नुपर्ने भनी रुसले सधैं वकालत गरिरहेको उल्लेख गरेका छन् । अमेरिका तथा उसका युरोपेली सेवक राष्ट्रहरूले विश्व समुदायमा एकध्रुवीय व्यवस्था लाद्न गरेको प्रयासलाई अफ्रिकीहरूले अनुमोदन नगरेको भन्दै लाभरोभले प्रशंसा गरे ।
नयाँ विश्व व्यवस्था संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सिद्धान्तमा आधारित रहनुपर्ने र विश्वको सांस्कृतिक तथा सभ्यतागत विविधतालाई यसले मनन गर्नुपर्ने उनको भनाइ बहुध्रुवीयताको दह्रो पैरवी हो ।
महत्त्वपूर्ण रूपमा लाभरोभले आफ्नो लेखमा अफ्रिकीहरूको एउटा गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेका छन् । अफ्रिकामाथि पश्चिमले लादेको बर्बर उपनिवेशवादको रगतले रुस नलतपतिएको र उपनिवेशवादी दमनबाट अफ्रिकीहरूलाई मुक्त गर्नका लागि रुसले सदैव समर्थन गरेको लाभरोभले बताए । अफ्रिकाले माग गरिरहेको पूर्ण गैरउपनिवेशीकरण प्रक्रियामा रुसले एक्यबद्धता जनाएको लाभरोभको भनाइ छ ।
उपनिवेशीकरणको विरोधका क्रममा लाभरोभले अफ्रिकी समस्याका लागि अफ्रिकी समाधानको अवधारणा अघि सारेका छन् । त्यस अवधारणाको कार्यान्वयन पनि रुसले गर्न थालिसकेको छ ।
विशेषगरी (सेनेगल, माली, बुर्किना फासो लगायतका मुलुक समेट्ने) अफ्रिकाको सेहल क्षेत्रमा साम्राज्यवादी शक्तिको विरासतका रूपमा रहेको फ्रान्सका विरुद्ध जनभावना उर्लिरहेको सन्दर्भमा रुसले आफूलाई बलियो र भरपर्दो साझेदारका रूपमा उभ्याउन खोजेको छ । ती क्षेत्रमा रहेका मुलुकमा विगतको उपनिवेशवादी अत्याचारको स्मरण गराउने फ्रान्सेली मुद्रा सीएफए फ्रांक अहिले पनि प्रचलनमा छ । त्यस मुद्राको विकल्पका रूपमा स्थानीय मुद्रा चलाउनका लागि रुसले ती मुलुकहरूसँग पैरवी गरिरहेको छ ।
अनि त्यस क्षेत्रमा फैलिएको आतंकवादको सामना गर्नका लागि त्यहाँका मुलुकहरूले रुससँग सहयोग पनि मागेका छन् । सन् २०१८ मा माली, नाइजर, चाड, बुर्किना फासो र मौरिटानिया सबैले इस्लामिक स्टेट र अलकायदाविरुद्ध लड्नका लागि मस्कोको सहयोग मागेका थिए ।
रुस सरकारसँग सम्बन्ध रहेको भनिने निजी कम्पनी वाग्नर ग्रुपले विभिन्न अफ्रिकी मुलुकहरूलाई भाडाका सैनिक उपलब्ध गराएर शान्ति सुरक्षा बहालीमा योगदान गरेको छ । द गार्डियन पत्रिकामा जेसन बुर्कले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, गत वर्ष मालीमा सैन्य कूपछि वाग्नर ग्रुपका लडाकूहरू खटिएका छन् र यसमार्फत रुसले भूराजनीतिक सफलता पाएको छ । माली सरकारले जिहादी विद्रोहीहरूसँग लडिरहेका फ्रान्सेली सैनिकहरूलाई देश छोडेर जान बाध्य पारेपछि पश्चिमको पकडबाट महत्त्वूर्ण रणनीतिक क्षेत्रलाई मुक्त गर्न रुस सफल भएको छ ।
युरोपेली उपनिवेशवादविरोधी कुरा झिकेर लाभरोभले विगतमा सोभियत संघले अफ्रिकीहरूको स्वतन्त्रताका लागि गरेको योगदानलाई स्मरण गराएका हुन् । सन् १९५० को दशकमा सोभियत संघले अफ्रिकाका विभिन्न मुलुकमा युरोपेलीहरूका विरुद्ध स्वतन्त्रता आन्दोलनलाई समर्थन गरेको थियो । त्यतिखेर सोभियत रुसले अनेक किसिमका हातहतियार अफ्रिकीहरूलाई उपलब्ध गराएको थियो ।
मस्कोको उक्त सहयोगलाई धेरै अफ्रिकीहरूले स्वागत गरेका थिए । शीतयुद्धको समयमा सोभियत संघ दह्रो गरी अफ्रिकीहरूको पक्षमा नउभिएको भए धेरै अफ्रिकी मुलुक स्वतन्त्र हुन गाह्रो थियो भनी नाइजेरियाको केन्द्रीय बैंकका पूर्व उपगभर्नर ओबादियाह माइलाफियाले जर्मन सञ्चारमाध्यम डोयचवललाई बताएका छन् ।
सोभियत संघको पतनपछि रुसी सहयोगमा कमी आएको भए पनि अब रुस पुनः शक्तिशाली बनिसकेको सन्दर्भमा अफ्रिकाले पारस्परिक लगानी तथा व्यापार सहकार्य गरी लाभ लिन सक्ने उनको भनाइ छ । विगतमा उपनिवेशबाट स्वतन्त्रताका लागि सोभियत रुसले योगदान गरेकोमा अहिले रुसले आर्थिक कारोबारमार्फत पश्चिमको नवउपनिवेशवादी प्रयास अफ्रिकामा विफल बनाउने रणनीति लिएको हो ।
पश्चिमी नवउपनिवेशवादबाट मुक्तिका लागि अफ्रिका व्यापार विविधीकरण गर्न खोजिरहेको छ र त्यसै सिलसिलामा चीन (र रुस) सँग कारोबार बढाउन थालेको छ । रुसले अफ्रिकाका विभिन्न मुलुकमा खानीका क्षेत्रमा लगानी गरेको छ भने कृषि औजार र आणविक प्रविधि पनि बिक्री गरिरहेको छ ।
सबभन्दा ठूलो कुरा त, रुस (र युक्रेन) को गहुँले करोडौं अफ्रिकीहरू हातमुख जोर्न पाइरहेका छन् । रुस र युक्रेनबीच द्वन्द्व मच्चिँदा अफ्रिकाका कम्तीमा १४ वटा मुलुकलाई बढी असर परिरहेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संस्था (एफएओ) ले जनाएको छ ।
ती १४ मुलुकको आधाभन्दा बढी गहुँ रुस र युक्रेनबाट आउने गरेको द न्युयोर्क टाइम्समा अब्दी लतिफ दाहिर र एलियन पेल्टियर लेख्छन् । इरिट्रिया त पूर्णरूपमा रुसी र युक्रेनी गहुँमा निर्भर छ ।
रुसले कृष्ण सागरको युक्रेनी तटमा नाकाबन्दी गरेकाले गहुँ आपूर्ति सहज हुन नसकेको पश्चिमको आरोप छ । रुस चाहिँ कृष्ण सागरमा युक्रेनले समुद्री धराप राखेकाले आपूर्तिमा व्यवधान आएको बताउँछ ।
गत साता संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा रुस र युक्रेनले आपूर्ति खुलाउने विषयमा सहमति गरेपछि अफ्रिकीहरूले सन्तोषको सास फेर्न थालेका छन् । अफ्रिका भ्रमणमा निस्कनुअघि लाभरोभले अफ्रिकालाई खाद्यान्न, मलखाद, ऊर्जा तथा अन्य आवश्यक वस्तु निर्यात गर्ने मस्कोको प्रतिबद्धता पूर्ण रूपमा पालन गर्ने आश्वासन दिएका थिए ।
रुस र अफ्रिकाबीच बढ्दो घनिष्ठताको संकेत दिने गरी पहिलो रुस–अफ्रिका शिखर सम्मेलन सन् २०१९ मा रुसी शहर सोचीमा भएको थियो । दोस्रो शिखर सम्मेलन सन् २०२३ मा आयोजना गरिनेछ र रुसको परराष्ट्र मन्त्रालयले जनाएअनुसार दुवै पक्षले सम्मेलनको एजेन्डाका विषयलाई अन्तिम रूप दिन काम थालिसकेका छन् ।
पश्चिमबाट लाभ उठाउनका लागि अफ्रिकी मुलुकहरूलाई रुससँगको समीपताले योगदान गरेको विश्लेषकहरू बताउँछन् । रुसको सक्रियता बढेसँगै गत साता मात्र अमेरिकाले अफ्रिकामा भोकमरी संकटको सामना गर्नका लागि १.३ अर्ब डलर प्याकेजको घोषणा गरेको छ । रुसले पनि अफ्रिकी अर्थतन्त्र उकास्नका लागि भविष्यमा ठोस आर्थिक तथा वित्तीय सहायता उपलब्ध गराउने आशा अफ्रिकीहरूले गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय राजनीतिमा किनारीकृत पारिएको अफ्रिकामा यसरी विश्वका शक्तिराष्ट्रहरूले प्रभाव विस्तार गर्न खोज्नु सुखद् संकेत हो । धेरै अर्थशास्त्रीहरूले अस्थिरता अन्त्य हुने हो भने अफ्रिकाको भविष्य उज्ज्वल रहेको बताउँदै आएका छन् । हुन पनि प्रशस्त खेतीयोग्य भूमि, उत्खनन गर्न बाँकी रहेको खनिज स्रोत र काम गर्न सक्ने जनसंख्यामा वृद्धिको प्रक्षेपणले अफ्रिकालाई समृद्ध बनाउने आधारहरू प्रदान गरेको छ ।
अहिले अफ्रिकामा भौतिक संरचना तथा दक्ष जनशक्ति उत्पादनका लागि विशाल लगानीको आवश्यकता रहेको अफ्रिकी मुलुक मोरक्कोका प्राध्यापक डा मोहम्मद चतातु लेख्छन् । पश्चिम र रुस (तथा चीन) बीच अफ्रिकामा प्रभाव जमाउनका लागि भइरहेको प्रतिस्पर्धालाई अफ्रिकाको हितका लागि उपयोग गरिनु आवश्यक छ ।
हुन त रुस र चीनले अफ्रिकामा नवउपनिवेशवाद लागू गर्न खोजेको भनी पश्चिमले आरोप लगाएर आफ्नो अक्षुण्ण प्रभाव कायम राख्न खोजेको छ । तर लाभरोभलाई न्यानो स्वागत गरेर अफ्रिकीहरूले पश्चिम र रुसलाई सन्तुलनमा राखी बहुध्रुवीय विश्व व्यवस्थाको भरपूर उपयोग गरी आआफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न चाहेको देखिन्छ ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...