
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत एमसीए नेपालले सडक मर्मत आयोजनाको काम शुरू गरेको छ ।
एमसीए–नेपालले दाङमा विस्तार गर्ने सडक मर्मत आयोजनाको अनुगमन गरेको हो ।
दाङ जिल्लाको धानखोला–शिवखोला खण्डमा सर्वेक्षण र स्थानीयसँग परामर्श गरिएको एमसीए नेपालको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा प्रतिनिधि सभाबाट १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरिएको थियो ।
१२ बुँदे घोषणालाई अमेरिकाले रेस्पोन्स गरेको छैन । अमेरिकाले रेस्पोन्स नगरे एमसीसी स्थगित गर्नुपर्छ भन्दै संसदमा आवाज उठिरहेको छ । व्याख्यात्मक घोषणाको टुंगो नलाग्दै एमसीसीले भने काम शुरू गरेको छ ।
एमसिए-नेपालले कार्यान्वयन गर्ने सडक मर्मत आयोजनाको प्रभाव निर्धारण गर्न २०७९ साल साउन ७-९ गतेसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङ्ग जिल्लाको धानखोला-शिवखोला खण्डमा सर्वेक्षण र स्थानीयसँग परामर्श सम्पन्न भएको छ । #MCC #nepalcompact #roads #transportation pic.twitter.com/5vQepsoNHi
— Millennium Challenge Account Nepal Dev. Board (@MCA_Nepal) July 27, 2022