२८ जेठ २०८३, बिहीबार

खगेन्द्रको फिल्म ‘पानीफोटो’को बुकिङ खुल्यो

खगेन्द्रको फिल्म ‘पानीफोटो’को बुकिङ खुल्यो

खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।

चलचित्र प्रदर्शन हुन २ दिन बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुला गरिएको छ । 

बुधवार दिउँसोदेखि मल्टिप्लेक्स हलहरूमा चलचित्रको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

चलचित्र हेर्न चाहने दर्शकले अनलाइनमार्फत आफूलाई पायक पर्ने हलको टिकट बुक गर्न सक्नेछन् । अभिनेता खगेन्द्रले अग्रिम बुकिङ खुलिसकेको बताउँदै अनलाइन एप र वेबसाइटमार्फत टिकट लिएर आफ्नो सिट सुरक्षित गर्न सक्ने बताएका छन् । चलचित्र सेन्सर पास भइसकेको छ । 

दशक अगाडि गुरुकूलमा मञ्चन भएको लामिछाने लिखित चर्चित नाटक ‘पानीफोटो’मा आधारित रहेर चलचित्र निर्माण भएको छ ।

चलचित्रले माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा पेश गर्छ । चलचित्रमा लेखक एवं निर्देशक लामिछाने स्वयंसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ ।

‘पशुपतिप्रसाद’ जस्तो सफल चलचित्र लेखन, निर्माण एवं अभिनय गरेका खगेन्द्र निर्देशकका रूपमा समेत आउँदै गरेका कारण ‘पानीफोटो’लाई चासोका रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्