२३ जेठ २०८३, शनिबार

रुसको विमान अपहरण गर्ने युक्रेनको योजना विफल पारिएको दाबी

साउन ११, २०७९
रुसको विमान अपहरण गर्ने युक्रेनको योजना विफल पारिएको दाबी

रुसको सुरक्षा निकाय फेडरल सिक्योरिटी सर्भिसलाई रुसी विमान अपहरण गर्ने युक्रेनको षड्यन्त्र पत्ता लगाएर रोकेको भन्दै रुस सरकारले प्रशंसा गरेको छ । 

प्रतिगुप्तचरी कारवाही सोमवार गरिएको घोषणा एफएसबीले गरेको थियो ।

युक्रेनको उक्त षड्यन्त्रमा बेलायती सरकारको लगानी रहेको अनुसन्धान संस्था बेलिङक्याटका अधिकारी क्रिस्टो ग्रोजेभ समेत संलग्न थिए । 

रुसका कैयौं पाइलटहरूलाई २० लाख डलरको घूस, ईयू पासपोर्ट र पश्चिममा जीवन बिताउने अवसरको प्रस्ताव राखिएको थियो । उनीहरूलाई आफ्नो विमान युक्रेन पुर्‍याउन भनिएको थियो । 

तर रुसी चालकहरू प्रलोभनमा फसेनन् र रुसी गुप्तचरहरूलाई सूचना दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्