×

NMB BANK
NIC ASIA

व्यापारीको जालझेलमा फसे हेटौंडाका जगतबहादुर, न्यायको खोजीमा भौतारिँदै

साउन ११, २०७९

NTC
Premier Steels

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ का जगतबहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराई पाउँ भनी सरोकारवाला निकायसँग सहयोगको अपिल गरेका छन् ।

Muktinath Bank

बुधवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले बुवा पदमबहादुर सुनारको नाममा रहेको ११ कट्ठा १६ धुर जग्गा २०५४ वैशाख १९ गते हेटौंडा उपमहानगरपालिका–३ बस्ने नियमराज शाक्यबाट पिपलबोटमा व्यवसाय (सुन पसल) को क्रममा ५० हजार रुपैयाँ ऋण सापटी लिई दृष्टि बन्धक रोक्का राख्ने भनी मौखिक सहमति भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर मालपोत कार्यालयमा जाँदा नियमराज शाक्यले अनपढ बुवालाई झुक्याई राजीनामाको लिखत लेखाइ बुवालाई पछि रकम फिर्ता गरेपछि जग्गा फुकुवा गर्ने भनी विश्वासमा पारी जग्गा दृष्टिबन्धकी भनी राजीनामा लिखत गरी राखेको पीडित सुनारले बताए । 


Advertisment
Nabil box
Kumari

सुनारले आफ्नो जग्गा शाक्यको नाममा रहेको २०५९ सालमा मात्र थाहा पाएको सुनाए । ‘त्यसलगत्तै बुवाछोरा २०५९ सालमै शाक्यलाई भेट्न उनकै घरमा धेरैपटक गयौं तर उनले आफूले खरिद गरेको भन्दै थर्काएर पठाए,’ सुनारले भने, ‘२०६३ सालसम्म हामी बुवाछोराले जग्गा फिर्ता गर्न रकम चुक्ता गर्न पटक–पटक प्रयास गर्‍यौं । बुवाको २०६३ सालमै मृत्यु भयो ।’

Vianet communication

उनले २०६३ सालमै शाक्यले मालपोत कार्यालयमा गएर राजीनामाको लिखित लेखाइसकेपछि रकम बुझ्नुपर्नेमा व्याजको विषयमा विवाद गर्दै जग्गा फिर्ता नगरी फर्किएको बताए । 

जग्गा हाल पनि आफैंले भोगचलन गर्दै आएको बताउँदै उनले शाक्यसँग पटक–पटक जग्गा नामसारी गर्न अनुरोध गर्दा पनि उल्टै धम्की दिने गरेको बताए । त्यसपछि पनि शाक्यलाई पटक–पटक भेटेर ‘तपाईंले राख्नुभएको धितो राखेको जग्गा मलाईं नामसारी गरिदिनुहोस्, म रकम हिसाब गरी चुक्ता गर्छु’ भनेर भन्दा समेत शाख्यले जग्गा फिर्ता नगरेको उनले बताए ।

उनले आफ्नो परिवारले जग्गामा २०२२ सालदेखि निरन्तर खेती गर्दै आएको बताए । उनले शाक्यको ज्यादतीविरुद्ध जिल्ला अदालतमा जालसाजी मुद्दा दिएको तर हाल विचाराधीन रहँदा शाक्यले विभिन्न व्यक्तिहरू पठाउँदै जग्गा खाली गर्न तथा खेतजोत नगर्न भन्दै धम्की दिने र आफ्नो ज्यान समेत लिन सक्ने धम्की दिएर आफू र परिवारलाई मानसिक तनाव दिइरहेको बताए ।

उनले आफ्नो जग्गा फिर्ता गराई पाउँ भनी हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ र जिल्ला समन्वय समितिका प्रमुख ललित घलानलाई कार्यकक्षमा भेटी सहयोगको अपिल गरेका छन् । नियमराज शाक्यलाई बुझ्न फोन सम्पर्क गर्दा फोन उठेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x