
बुधवार राति चितवन र पर्सामा भारी वर्षा भएको छ ।
भारी वर्षा भएपछि त्यस क्षेत्रमा सुरक्षित रहन भन्दै जल तथा विज्ञान विभाग विभागले एसएमएस पठाएर ‘अर्लट’ नै गरेको छ ।
विभागले चितवनको शक्तिखोर र पर्साको ठोरी आसापासका स्थानमा भारी वर्षा भएको जनाएको हो ।
सो क्षेत्र भई बहने राप्ती, रिउखोला लगायत अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै विभागले सुरक्षित रहन आग्रह गरेको छ ।
यस्तै नवलपरासी, रुपन्देही, कास्की आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको विभागको भनाइ छ ।