
बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाको धेरै स्थानमा भारी वर्षा भएको छ ।
बिहीवार जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा थप वर्षा हुन सक्ने पूर्वानुमान समेत गरेको छ ।
विभागले पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने नदीहरूमा आकस्मिक बहावसमेत हुन सक्ने भन्दै दिउँसोसम्म सुरक्षित रहन आग्रह गरेको छ ।