१६ असार २०८३, मंगलबार

बीवाइडीले नेपाली बजारमा बढायो कारको मूल्य, अब कति ?

बीवाइडीले नेपाली बजारमा बढायो कारको मूल्य, अब कति ?

बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । 

कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको तर बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको जनाएको छ ।

कम्पनीका अनुसार विशेषत नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ ।

शुरूमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ ।

कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको छ ।

साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी

४५ लाख ५२ हजार रुपैयाँ बनाएको छ ।

मूल्य बढाइएको बारे जानकारी दिँदै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने,‘हामीले सन्२०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै विक्री गरिरहेका थियौं । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’

सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पूरानै मूल्यमा गाडी पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्