०३ असार २०८३, बुधबार

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकलाई ७ लाख रुपैयाँ बीमा रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकलाई ७ लाख रुपैयाँ बीमा रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ । 

बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । 

ग्राहक चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरूलाई  ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च ४० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र १० हजार रूपैयाँसम्मको औषधी खर्च जस्ता सुविधाहरू  प्रदान गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १ सय ६७ शाखारहित बैंकिङ सेवा, २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेव प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्