२७ असार २०८३, शनिबार

बन्चरे डाँडाको बासिन्दाले भदौ १ देखि उपत्यकाको फोहर फाल्न नदिने

बन्चरे डाँडाको बासिन्दाले भदौ १ देखि उपत्यकाको फोहर फाल्न नदिने

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको बन्चरे डाँडाका बासिन्दाले आगामी भदौ १ गतेदेखि फोहर फाल्न नदिने घोषणा गरेका छन् । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले भदौ १ गतेदेखि काठमाडौं उपत्यकाको फोहर फाल्न नदिने घोषणा गरेका हुन् । 

काठमाडौं उपत्यकाको फोहर बन्चरे डाँडामा व्यवस्थापन गरिँदै आएको छ । यसअघि सिसडोलमा अस्थायी रूपमा उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको थियो । सरकारले बन्चरे डाँडामा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो । 

बन्चरे डाँडाका बासिन्दाले उपत्यकाको फोहरले आफूहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै विरोध गर्दै आएका छन् । फोहर व्यवस्थित ढंगले व्यवस्थापन नगरिँदा आफूहरूको बाँच्न पाउने अधिकार कुण्ठित भन्दै उनीहरू विरोध गर्दै आएका छन् । उनीहरूले आफूहरूको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता नभएसम्म फोहर व्यवस्थापन नगर्न आग्रह गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्