०९ साउन २०८३, शनिबार
राष्ट्रिय सभा बैठक

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित हुँदै, एकैदिन तीनवटा बैठक बस्नुपर्ने हतारो किन ?

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित हुँदै, एकैदिन तीनवटा बैठक बस्नुपर्ने हतारो किन ?

प्रतिनिधि सभाबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बिहीवार पारित हुने भएको छ ।

नागरिकता विधेयक पारित गर्नकै लागि बिहीवार राष्ट्रिय सभाका तीनवटा बैठक बस्दैछन् । 

दिउँसो २ बजे शुरू भएको तेस्रो बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।

छलफल सकिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयकलाई राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने कतिपय बुद्धिजीवी र नागरिक समाजका अगुवाले माग गरेका थिए ।

तर, राष्ट्रिय सभाबाट आज नै विधेयक पारित हुने सम्भावना छ । 

प्रतिनिधि सभा चुनावको मिति घोषणाअगावै नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने सरकारको योजना रहेको स्रोतले बतायो ।

दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पुग्छ । राष्ट्रपतिले लालमोहर लगाएपछि मात्र नागरिकता विधेयक राजपत्रमा प्रकाशित भई कानून बनेर लागू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्